मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

न्यूयोर्क ब्रोनएक्स अपार्टमेण्टमा आगलागी हुदां ९ बालबालिका सहित १९ को मृत्यु

न्यूयोर्क ब्रोनएक्स अपार्टमेण्टमा आगलागी हुदां ९ बालबालिका सहित १९ को मृत्यु

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- न्यूयोर्क स्थित ब्रोनएक्समा आइतवार अपार्टमेण्ट भवनमा सल्केको भिषण आगलागीमा पर्दा ९ बालबालिका सहित १९ जनाको मृत्यु भएको छ । न्यूयोर्कका मेयर एरिक एड्म्सले वर्तमान आधुनिक युगमा यो आगलागी सवैभन्दा खराब अनुभव भएको वताएका छन् । 
 
आगोमा परेर गम्भिर घाइतेभएका ३२ जनालाई स्थानिय अस्पतालमा भर्ना गरिएको छ । यो आगलागीमा ६० जना भन्दा वढी घाइते भएको वताईएको छ । 
 
विग्रिएको इलेक्ट्रिक स्पेस हिटरवाट आगो सल्केको स्थानिय अग्निनियन्त्रकले वताएका छन् । अपार्टमेण्टका ढोकाहरु खुला रहेकाले धुवां फैलिएको थियो । जसले गर्दा त्यहां वस्नेहरुलाई वाहिर निस्कन कठिन भएको थियो । आइतवार विहान करिव ११ बजेतिर शुरु भएको आगो निभाउन २०० भन्दा वढी उद्धारकर्मी त्यहां पुगेको थिए । १९ तल्ले उक्त अपार्टमेण्टको दोस्रो र तेस्रो तल्लावाट आगो फैलिएको वताईएको छ । 
 
आगलागीमा परेको उक्त अपार्टमेण्ट ५० बर्ष पुरानो र १२० इकाई रहेको रकर्डले देखाएको छ । 
 
उक्त अपार्टमेण्ट भवनमा धेरै जसो मुस्लिम र अप्रावासीहरु बस्दै आएका थिए । नेपालीहरु परे नपरेको यो समाचार तयार पर्दा सम्म जानकारी प्राप्त भएको छैन ।