मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गायक राजेश पायलको उपस्थितिमा न्युर्योकमा कार्यक्रम हुँदै

गायक राजेश पायलको उपस्थितिमा न्युर्योकमा कार्यक्रम हुँदै


न्यूयोर्क ।  चर्चित गायक राजेश पायल राईलाई न्युर्योकमा भव्य स्वागत गरिएको छ । 
 
गायक राईको प्रस्तुति सहित न्युयोर्कको क्विन्समा सांगितिक कार्यक्रमको आयोजना हुन वागेको छ । 
 
 बुद्ध ट्याक्स एकाउन्टिङका संस्थापक पशुपति श्रेष्ठको  आयोजनामा यहि  ३१ डिसेम्बरमा  बेलुका ६ बजे क्विन्स प्लेस हल at-37-11  57 th street woodside New York  मा   सांगितीक कार्यक्रमको आयोजना  हुन लागेको हो ।  
 
 उक्त कार्यक्रममा  गायक  राईसँगै आदित्य लामा, प्रेम गुरुङ र संयुक्ता  श्रेष्ठले पनि आफ्नो प्रस्तुति दिनेछन् । 
 
सुमन लिम्बु र एलिसा लिम्बुले संचालन गर्ने उक्त कार्यक्रममा  अन्य कलाकारको पनि सहभागीता हुने आायोजक कमिटीले जनाएको छ । 
 
 बुद्ध ट्याक्स एकाउन्टीङमार्फत् सबैलाई नयाँ वर्षको शुभकामना दिँदै रमाइलो  गराउने र उक्त कार्यक्रमबाट उठेको रकक आवस्यक व्यक्ति वा परिवारलाई सहायता  गरिने  बुद्ध ट्याक्स एकाउन्टीङका संस्थापक  श्रेष्ठले जानकारी दिएका छन् । 
 
कार्यक्रमलाई विशेष सहयोग गर्ने नायक प्रेम गुरुङ र समाजसेवी अन्जीत गुरुङलाई  विशेष धन्यवाद दिँदै उक्त  उक्त कार्यक्रममा सहभागी भइदिन समेत एकाउन्टीङका संस्थापक  श्रेष्ठले  सबैलाई अनुरोध गरेका छन् ।