मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

स्थापना दिवसमा फिप्नाको रक्तदान कार्यक्रम

स्थापना दिवसमा फिप्नाको रक्तदान कार्यक्रम

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क- नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाको १६ औं स्थापना दिवसको अवसरमा न्युयोर्कमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । नोभेम्बर २८ तारिख आइतबारका दिन आयोजना गरिएको रक्तदान कार्यक्रममा ६४ जनाले रक्तदान गरेको आयोजकले बताएको छ । 
रक्तदानक कार्यक्रममा सहभागि हुन न्युयोर्कका विभिन्न स्थान र न्युजर्सी र कनेक्टीकटबाट पनि मानिसहरु आएको फिप्नाले जनाएको छ । 
न्युयोर्कमा रगतको अभाव भएको र त्यसको परिपुर्ति गर्नको लागि न्युयोर्क ब्लड सेन्टरले फिप्नासंग अनुरोध गरेको र रगत दानजस्तो मानवीय पुण्य कार्यको आयोजक बन्ने सौभाग्य पाएकोमा नेपाली समुदायको तर्फबाट गर्व महशुष भएको आयोजक नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाका अध्यक्ष लोक चेम्जोङले बताए । 
फिप्नाको तर्फबाट रक्तदान गर्नुहुने सम्पुर्ण रक्तदाताहरु, स्वंसेवकहरु, प्रायोजकहरु र यस कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्नको लागि उपस्थित सम्पुर्णमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गरिएको छ । साथै कार्यक्रमलाई सफल पार्न प्रायोजन र सहयोग गर्ने सम्पुर्ण सदस्य संस्थाहरुका पदाधिकारी प्रतिनिधिहरुमा पनि धन्यवाद व्यक्त गरिएको छ । प्रतिकुल चिसो वातावरणमा पनि स्वतःस्फुर्त रक्तदाताहरुको सहभागिता रहेको थियो । 
नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाले बेला बेलामा रक्तदान लगायत समाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको छ ।