मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

टेक्ससमा प्रवासी नेपाली एकता मञ्च गठन (भिडियो सहित)

टेक्ससमा प्रवासी नेपाली एकता मञ्च गठन (भिडियो सहित)

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (अमेरिका) । प्रवासी नेपाली एकता मञ्च अमेरिकाको टेक्सस च्याप्टर अध्यक्षमा युवराज खनान निर्वाचित भएका छन् । 
 
शनिबार टेक्ससको अर्भिङ्गमा भएको कार्यक्रममा खनाल निर्विरोध च्याप्टर अध्यक्ष निर्वाचित भएका हुन् । दुई वर्ष अघि स्थापना भएको एकता मञ्चले अमेरिकाका २४ वटा राज्यहरुमा च्याप्टर घोषणा गर्ने योजना रहेको जनाएको छ । विगतमा प्रवासी नेपाली मञ्चमा आवद्ध रहेर कृयाशील व्यक्तिहरु नवगठित प्रवासी नेपाली एकता मञ्चमा संगठित भएका छन् । 
१५ सदस्यिय च्याप्टरको नेतृत्व पाएपछि खनालले कर्मभूमि अमेरिका र मातृभूमि नेपालमा सामाजीक सेवाका कामहरुमा निरन्तर सकृय रहने प्रतिवद्धता जनाए । गरीब, असहाय तथा विपन्न व्यक्तिहरुको पालन गर्दै आएका संस्थाहरु मध्यबाट छनौट गरेर मासिक तीनसय डलर उपलव्ध गराउने, विकट क्षेत्रमा रहेका सञ्चारकर्मीहरुको सहयोगका लागि नेपाल अमेरिका पत्रकार संघ (नेजा) र पत्रकार महासंघसँगको सहकार्यमा तीन जना पत्रकारहरुलाई जनही बार्षिक १० हजार रुपैया उपलव्ध गराउने र अमेरिकामा हरेक तीन तीन महिनामा रक्तदान लगायतका कामहरु गर्ने घोषणा गरिएको छ ।
कार्यक्रममा मञ्चका वरिष्ठ नेता भीम कार्कीले मञ्चलाई राजनीतिक संस्था र कुनै अमुक दलको भातृसंस्था बनाउने नभै शुद्ध सामाजीक संस्थाका रुपमा अघि बढाउने योजना अघि सारे । आउँदो वर्षभित्र टेक्ससको युलेसमा निर्माणाधिन मन्दिरको संस्थागत रुपमा संस्थापक सदस्य बन्ने घोषणा समेत गरे । कार्कीले यस अघिनै मन्दिरका लागि ५० हजार डलर दान गरेर प्रमुख संरक्षक बनिसकेका छन् । 
सो अवसरमा एकता मञ्च अमेरिकाका अध्यक्ष टेक गुरुङ्गले व्यक्तिगत रुपमा जो कोही राजनीतिमा लाग्ने, सदस्य बन्ने हक अधिकार भएपनि एकता मञ्च नेपाल र अमेरिकाको कुनै पनि राजनीतिक पार्टीको भातृ संगठन नहुने घोषणा गरे । नेपालमा नेकपा एमाले विभाजन भएर माधबकुमार नेपालले नेकपा समाजवादी स्थापना गरेपछि त्यसैको भातृसंस्थाका रुपमा एकता मञ्चलाई हेरिएको छ । तर पदाधिकारीहरुले भने त्यसलाई अस्विकार गरेका छन् ।
कार्यक्रममा मञ्चका महासचिव शंकर पन्त, राधाकृष्ण देउजा, नेपाली समाज टेक्ससका पूर्ब अध्यक्ष कृष्ण लामिछाने, जनसम्पर्क समिति अमेरिकाका उपाध्यक्ष भगवान मैनाली, एनआरएन अमेरिकाका उपाध्यक्ष विकास उप्रेती, मञ्चका विधान मस्यौदा समितिका संयोजक शेषराज खतिवडा, एनआरएनका विनोद तिवारी, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका अध्यक्ष सुरेशचन्द्र पोखरेल, विनय अर्याल लगायतले शूभकामना दिएका थिए । सोही अवसरमा अमेरिकी नेपाली समाजमा स्थापित व्यक्तित्वहरुले भिडियो सन्देश मार्फत पनि मञ्चलाई शूभकामना दिएका थिए । 
त्यस अवसरमा घोषणा गरिएको १५ सदस्यिय च्याप्टरको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः उद्धव खनाल, संजीव पराजुली, बासु कट्टेल र दिवस थापा रहेका छन् । त्यस्तै कार्यसमिति सदस्यहरुमा निदु गजुरेल, मनोज खनाल, नविन कैनी, आकार पोखरेल, रोशन देवकोटा, समिर पाण्डे, सन्तोष खड्का, आत्मा घिमिरे, मोहन काफ्ले र भावना तिम्सिना रहेका छन् । सल्लाहकारहरुमा डा. परशुराम दाहाल, नारायण पुरी, दशरथ भट्टराई र राजेन्द्र कुँबरलाई राखिएको छ ।
एकता मञ्चका नेता प्रदीप तिम्सिनाद्वारा संचालित कार्यक्रमको उद्घाटन अध्यक्ष टेक गुरुङ्ग र नेता भीम कार्कीले गमलामा पानी राखेर संयुक्त रुपमा गरेका थिए । उपस्थितहरुलाई सुशील क्षेत्रीले स्वागत गरेका थिए ।
कार्यक्रमको अन्तिममा लोकप्रिय गायक गायिकाहरु यम बराल, पुरुषोत्तम न्यौपाने र निशा सुनारले आफ्नो प्रस्तुति दिएर माहौललाई संगीतमय बनाएका थिए ।