मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

वित्तीय साक्षरतामा केसीले पाए अमेरिकामा अवार्ड

वित्तीय साक्षरतामा केसीले पाए अमेरिकामा अवार्ड

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लसभेगास– अमेरिकामा पछिल्लो समयमा नेपाली समुदायमा वढदै गएको विमा व्यवसायमा गगन केसीले लोभ लाग्दो सफलता हासिल गरेका छन् ।
 
टेक्ससमा व्यावसायिक छवि वनाएका केसीले नेपाली समुदायमा जीवन विमाको वहुआयामिक पाटोको वारेमा चर्चा गर्ने गरेका छन । नेपालमा रहदा वित्तीय क्षेत्रमा योगदान गरेका केसीले अमेरिकामा रहेका नेपालीहरुलाई वित्तीय साक्षरताको आवश्यकता रहेको वताउँछन् । त्यसैमा उनले एक वर्षको अवधिमा हासिल गरेको उपलब्धि र सफलताका सफलताको कथा सहित प्रिमियर फिनान्स एलायन्सको वार्षिक भेलामा समेत आफनो अनुभव साटन पाएका छन् । 
अमेरिका भरिवाट लसभेगासमा भेला भएका करिव ३ हजार वीमा अभिकर्ताहरुको भेलामा उनले जीवन विमा र त्यसमा हुने लिभिङ्ग वेनिफिटको कारण समुदायमा लोकप्रिय वनेको वताएका थिए । उनी सहित करिव एक दर्जन नेपालीहरुको सहभागिता भएको उक्त कार्यक्रममा कम्पनीका सिनियर अफिसरहरुले गगनको लगाव र परिश्रमको वारेमा समेत चर्चा गरेका थिए । केसीले रुकि वेससप अवार्ड,फस्र्ट डाईमण्ड अवार्ड,फोकस अन फोकस अवार्ड लगायतका अवार्ड समेत प्राप्त गरेका थिए ।
अमेरिकामा नेपाली समुदायले कसैको मृत्युवरणमा गो फण्ड खोल्नु भन्दा सानो तिनो प्रिमियम तिरेर आफनो र परिवारका लागि सहज वनाउनु पर्ने केसीको भनाई रहेको छ । अझ कुनै डरलाग्दो रोग लाग्यो या दुर्घटनामा जीवनले नाटकीय मोड लिएको खण्डमा समेत परिवारलाई थप आर्थिक वोझ नपार्न लिभिङ्ग वेनिफिट भएको प्याकेज लिनु पर्ने केसीको भनाई रहेको छ ।