मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

नेप्लिज एशोसियसन अफ ह्युस्टनद्वारा सहयोग रकम हस्तान्तरण

नेप्लिज एशोसियसन अफ ह्युस्टनद्वारा सहयोग रकम हस्तान्तरण

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ह्युस्टन (टेक्सस)- मृगौला प्रत्यारोपण उपचार गरेका ह्युस्टनका २६ वर्षीय युवा दीपक गौतमको परिवारलाई नेप्लिज एशोसियसन अफ ह्युस्टन (एनएएच) द्वारा ३० हजार डलरको चेक हिजो एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको छ।

एनएएचले गोफण्डमी मार्फत उठाएको रकम करिब २९ हजार डलरमा एनएएचको आन्तरिक कोषबाट एकहजार डलर थपेर ३० हजार सहयोग गरेको हो। दीपकका बुवा काशीराम गौतम र आमा माया गौतम समेतको उपस्थितिमा एनएएचका अध्यक्ष डा. विष्णु नेपालले सहयोग रकम बराबरको चेक दीपक गौतमलाई हस्तान्तरण गरेका थिए।

आफ्नो परिवारको लागि आर्थिक उपार्जन गरिरहेको एकमात्र छोरा विरामी पर्दा नेपाली समाजको तर्फबाट भएको आर्थिक भरथेगप्रति गौतम परिवारले एनएएचलाई धन्यवाद दिएको थियो।
 
हिलक्रफ्ट स्थित एनएएचको कार्यालयमा भएको सहयोग हस्तान्तरण कार्यक्रममा एनएएचका पदाधिकारी, सदस्य एवं सल्लाहकारहरुको समेत उपस्थिति थियो।

ह्युस्टनको  नेपालीहरुको साझा संस्था एनएएचले स्थानीय नेपाली समुदायका लागि आवश्यक पर्दा आर्थिक, भौतिक एवं सामाजिक सहयोगहरु उपलब्ध गराउँदै आएको छ। आफ्नो समुदायको सदस्यलाई आवश्यक पर्दा एकजुट हुने यस्तै सामाजिक क्रियाकलापले प्रवासी नेपाली समाजको एकतालाई मजबुत बनाउने गरेको छ।