मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

नेवा: गुठी न्यूयोर्कको अध्यक्षमा विजयमान

नेवा: गुठी न्यूयोर्कको अध्यक्षमा विजयमान

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्यूयोर्क (अमेरिका)- नेवा: गुठी न्यूयोर्कको आठौं महाधिवेशनले विजयमान सिंहलाई अध्यक्षमा निर्वाचित गरेको छ ।
 
शनिवार न्यूयोर्कको क्वीन्स, ज्याक्सनहाईटस्मा सम्पन्न भएको आठौं महाधिवेशनले सिंहको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

गुठीको इतिहासमा पहिलो पटक लोकतान्त्रिक पद्दतिबाट नेतृत्व चयन भएको हो । निर्वाचन अघि सहमतिको प्रयास गरिए पनि अन्तत: निर्वाचनबाटै नेतृत्व चयन गरिएको निर्वाचन प्रमुख एवं गुठीका संस्थापक समिर महर्जनले जानकारी दिनुभयो ।
 
नयाँ कार्यसमितिमा राजेन्द्र महर्जन बरिष्ठ उपाध्यक्ष, राजन कर्माचार्य उपाध्यक्ष र सन्तोष महर्जन महासचिवमा निर्वाचित हुनुभएको छ । त्यस्तै सचिवमा रामकृष्ण महर्जन तथा कोषाध्यक्षमा हृदय तुलाधर  चयन हुनुभएको छ ।
 
महाधिवेशनले सदस्यहरुमा मिन लाल नकर्मी, अशोक श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, निर्मल चित्रकार, पशुपति श्रेष्ठ, सजना महर्जन, कविना महर्जन, सरिता श्रेष्ठ र विरेन्द्र मानन्धरलाई चयन गरेको छ ।
 
गुठीको नेतृत्वका लागि विजयमान सिंह र सुवर्ण शाक्यबीच प्रतिस्पर्धा भएको थियो । कार्यक्रममा गुठीका निर्वतमान अध्यक्ष निर्मल प्रधानले कोरोना महामारीका बीचमा पनि गुठीले संस्थाको हितका लागि विभिन्न क्रियाकलाप गरेको जानकारी दिनुभयो । उहाँले संस्थालाई थप सशक्त बनाउँदै भाषा, संस्कृति र परम्परा संरक्षणका लागि सबैले आआफ्नो ठाउँबाट भूमिका खेल्नु पर्ने बताउनु भयो ।
 
त्यस्तै नवनिर्वाचित अध्यक्ष सिंहले गुठीलाई सहमतिकै आधारमा अघि बढाउने भन्दै सबैले हातेमालो गरेर अघि बढ्नु पर्ने बताउनु भयो । उहाँले संस्थाको हितका लागि आफूले सक्दो प्रयास गर्ने भन्दै भाषा, संस्कृति र परम्पराको रक्षाका साथै न्यूयोर्कमा नेवा: गुठीको उपस्थितिलाई अझै थप सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
 
कार्यक्रममा निर्वाचन समितिका संयोजक एवं गुठीका पूर्व अध्यक्ष समिर महर्जनले नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै सहमतिका साथ अघि बढ्न शुभकामना दिनुभयो । उहाँले नेवा: गुठीलाई लोकतान्त्रिक विधिबाट अघि बढाउनु सकारात्मक पक्ष भएको भन्दै चुनावलाई हारजीतको रुपमा नलिन आग्रह गर्नु भयो । उहाँले लोकतान्त्रिक विधिले संस्थालाई थप मजबुत बनाउने भन्दै सबैले गुठीको हितमा काम गर्नु पर्ने बताउनु भयो । विके नेवा: को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कार्यक्रममा गुठीका सल्लाहकार न्हुछे डंगोल, पूर्व अध्यक्षहरु आदित्य महर्जन, समिर महर्जन, धर्मेन्द्र गोपालीको विशेष उपस्थिति तथा निवर्तमान अध्यक्ष निर्मल प्रधानको अध्यक्षतामा सम्पन्न भएको थियो । त्यस्तै कार्यक्रममा संस्थापक सदस्य कुमार खड्गीको उपस्थिति रहेको थियो भने अन्जना श्रेष्ठको विशेष मन्तव्यका साथै मीन नकर्मीको विशेष धन्यवाद रहेको थियो । कार्यक्रममा कविना महर्जनलाई विशेष सम्मान गरिएको थियो ।
 
नेवा: गुठी न्यूयोर्क सन् २००७ मा स्थापना भएको सामाजिक संस्था हो । स्थापनाकालदेखि नै यस संस्थाले सांस्कृतिक परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्दै आइरहेको छ ।
 
यो संस्थाले अमेरिकाका विभिन्न स्थानमा रहेका नेवा: समुदायका मानिसहरुलाई एकै परिवारको छातामुनी एकीकृत गरी नेवा: संस्कृति तथा परम्पराको प्रवद्र्धन गर्ने गरेको छ । त्यस्तै नेवारी सांस्कृतिक सम्पदा, धर्मको संरक्षण गर्ने तथा नेवा: मुसदायमा सांस्कृतिक तथा धार्मिक कार्यक्रमको आयोजना गर्ने तथा नेवास् समुदायभित्रका मनिसहरुबीच राम्रो सम्बन्धको विकास गरी सहकार्य बढाउने कार्य पनि गर्दै आएको छ । समुदायका सदस्यहरु जहाँ भए पनि परेको बेलामा सहयोग गर्ने, सांस्कृतिक तथा परम्परालाई जोगाउने कार्यक्रम तथा आर्थिक सामाजिकस्तर उकास्ने किसिमका कार्यक्रमको आयोजना गर्ने गरेको छ ।
 
त्यस्तै संस्थाले हरेक वर्ष विभिन्न सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरुको आयोजना गर्दै आएको छ । जस्तैस् म्ह:पूजा, वनभोज कार्यक्रम, कयेटा पर्व, इही समारोह आदी रहेका छन् । यसले नेपाल सम्वतको अवसरमा न्यूयोर्कमा विशेष कार्यक्रम आयोजना गर्ने गरेको छ । त्यस्तै यसले अमेरिका र नेपालमा विभिन्न क्षेत्रमा समस्यामा परेका व्यक्तिहरुलाई सहयोग एवं विभिन्न सामाजिक क्षेत्रमा आर्थिक सहयोग गर्ने गरेको छ ।