मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

भेरिडिएनको एचओएमा थापाको उम्मेदवारी

भेरिडिएनको एचओएमा थापाको उम्मेदवारी

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (टेक्सस)। टेक्ससको आलिङ्टन स्थित भेरिडिएन कम्युनिटीको आउँदो साता हुन लागेको होम ओनर्स एसोसिएसन (एचओए) को निर्वाचनमा नेपालीमुलका सूर्य थापाले उम्मेदवारी दिएका छन् । 
 
विगत ६ महिनादेखि भेरिडिएनमा नयाँ घर किनेर बसोबास गर्दै आएका थापा नेपाली समुदायमा चर्चित रियल्टर पनि हुन्। झण्डै तीनहजार घर रहेको भेरिडिएन कम्युनिटीमा दुइसय नेपाली परिवार छन् ।
 
एचओएको एक सदस्यका लागि १० जनाको उम्मेदवारी परेको छ । चुनाव अनलाइन मार्फत आउँदो सेप्टेम्बर २३ ३० सम्म हुनेछ । थापा भेरिडिएन कम्युनिटीमा उम्मेदवार हुने पहिलो र एकमात्र नेपाली हुन् । 
 
नेपालमा रहँदा पत्रकारिता मार्फत परिचय बनाएका थापा केही वर्ष न्यूयोर्क बसाइपछि विगत चार वर्षदेखि टेक्सस बस्दै आएका छन् ।