मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

नेपाली मन्दिरमा हिमालयन हेल्थ क्लिनिक

नेपाली मन्दिरमा हिमालयन हेल्थ क्लिनिक

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (टेक्सस) । टेक्सस नेप्लिज मेडिकल एसोसिएन (टिएनएमए) ले आउँदो वर्षदेखि टेक्ससको ड्यालस (युलेस) मा निर्माणाधिन मन्दिरमा हिमालयन हेल्थ क्लिनिक सञ्चालन गर्ने भएको छ । 
 
नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्र मातहतमा मन्दिर सहितको सामुदायिक भवनमा निशुल्क क्लिनिक सञ्चालन हुनेछ । यस संबन्धि सम्झौतामा शनिबार केन्द्र र क्लिनिक बीच सम्झौता भएको छ ।
 
सामुदायिक भवन भित्र एकहजार दुईसय वर्ग फिट क्षेत्रफलमा अलग्गै क्लिनिक निर्माण हुँदैछ । अहिले अर्भिंगमा रहेको मन्दिरभित्र प्रयाप्त पूर्वाधार नहुँदा नियमित क्लिनिक सञ्चालन गर्न कठिनाई भैरहेको छ । नयाँ भवनमा भने क्लिनिकले मात्र प्रयोग गर्नेगरि कोठा निर्माण हुँदैछ ।
 
नेपाली समुदायका सुपरिचित चिकित्सक डा. सञ्जीव श्रेष्ठ र उहाँको समुहले विगत १० वर्षदेखि नेपाली समुदायलाई निशुल्क क्लिनिक मार्फत सेवा प्रदान गर्दै आएको छ । 
 
संभवत भवनको निर्माण, कोठाहरुको व्यवस्थापन र सामाग्रीहरुको सबै व्यवस्था गर्दा आउँदो अप्रिलदेखि क्लिनिक पूर्ण रुपमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ एनसिएससीका अध्यक्ष सुरेशचन्द्र पोखरेलले भने । अहिले दुई महिनाको अन्तरालमा एक पटक क्लिनिक सञ्चालन हुने गरेकोमा नयाँ भवनमा भने हप्तामा एक भन्दा बढी दिन सञ्चालन गर्ने योजना रहेको छ ।