मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

ओएनअफ टेक्ससको सम्मेलन आयोजक समिति गठन

ओएनअफ टेक्ससको सम्मेलन आयोजक समिति गठन

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस, टेक्सस (अमेरिका)- प्रबासी नेपाली मंच (ओएनअफ) टेक्ससस राज्य कमिटिको आयोजनामा सेप्टेम्बर १२ आइतवार टेक्सासको ड्यालसमा अगुवा भेला सम्पन्न भयो। 
 
अध्यक्ष मणि भण्डारी स्वास्थ अवस्थाका कारण उपस्थित हुन् असमर्थ हुनुभएपछि ओएनअफ टेक्सास राज्य कमिटिका निवर्तमान उपाअध्यक्ष चन्द्रमणि पाण्डेको सभापतित्वमा सम्पन्न भएको थियो। 
 
टेक्सास राज्यको डालास, ह्युस्टन, अष्टिन र सानआण्टोनियो तथा यस वरपरका शहरहरुबाट भेला भएका करिब पाँच दर्जन ओएनअफ सदस्यहरुको भेलाले संगठनको हालको अवस्थाको बारेमा छलफल गर्दै भावी कार्यक्रमहरुको बारेमा समेत छलफल गरेको थियो। साथै यसै भेलाले यस राज्य कमिटिको अध्यक्ष मणि भण्डारी संयोजक र चन्द्रमणि पाण्डे सहसंयोजक रहेको १९  सदस्यीय राज्य सम्मेलन आयोजक कमिटी समेत गठन गरेको छ । यसै भेला आयोजक कमिटीले छिट्टै यस राज्यको राज्य सम्मेलनको आयोजना गर्ने निर्णय गरेको छ ।
 
कार्यक्रममा ओएनअफका दक्षिण पश्चिम क्षेत्रीय संयोजक जीवन जोशीले प्रमुख आतिथ्यता तथा जनक रानाले बिशेष अतिथिको रुपमा आफ्ना विचारहरु प्रस्तुत गर्नुभएको थियो। ओएनएफले टेक्सासमा मात्र नभएर अमेरिका भरि नै धेरै नेपालीहरु माझ सकृय संस्थाको पहिचान बनाएको छ ।