मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अनेसास कोलोराडो शाखा विशेष परिषद गठन

अनेसास कोलोराडो शाखा विशेष परिषद गठन

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 कोलोराडो(अमेरिका)-अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको हालै सम्पन्न कार्यसमितिको  बैठकले च्याप्टरको विधान २०१२ पहिलो संशोधन, २०१२० अनुसार सल्लाहकार समितिको परामर्शमा  विशेष परिषदको गठन गरेको छ ।
 
गठीत विशेष परिषदमा अनेसास ट्रष्टी सदस्यबाट दुई जना र अनेसास, कोलोराडो शाखाको पूर्व अध्यक्षहरुबाट तीन जना गरी जम्मा पाँच जना सदस्य रहने व्यवस्था गरिएकाे छ । यसरी गठन गरिएको विशेष परिषदको सदस्यहरुमा अनेसास बोर्ड अफ ट्रष्टिजका उपाध्यक्ष पदम विश्वकर्मा, ट्रष्टी सदस्य कोलोराडोका समाजसेवी तथा व्यवसायी नारायण श्रेष्ठ,पूर्व अध्यक्ष   तथा साहित्यकार प्रभा आचार्य, पूर्व अध्यक्ष तथा साहित्यकार भुपेन्द्र महत, पूर्व अध्यक्ष तथा  अनेसासका केन्द्रीय सदस्य तारा अधिकारी रहेका  छन्र ।

विशेष परिषद सदस्यहरुको पदावधि ३ बर्षको हुनेछ । विशेष परिषदलाइ शाखाको विधानमा स्वतन्त्र अगंको रुपमा रहने गरी व्याख्या गरिएको छ ।  परिषदलाई कार्यसमितिले नियमित रुपमा हुनुपर्ने निर्वाचन गराउन नसकेको अवस्थामा तथा कार्यसमितिका सदस्यहरुमाथि अविश्वास प्रस्ताव अगाडि बढाउनुपर्ने जस्ता विशेष परिस्थितिहरुमा हस्तक्षेपकारी विशेष अधिकार प्रदान गरिएको संस्थाका अध्यक्ष राजु सिटौलाले बताएका छन् ।