मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

जिपि कोईराला फाउन्डेशन अमेरीकाद्धारा बालबालिकालाई सामग्री वितरण

जिपि कोईराला फाउन्डेशन अमेरीकाद्धारा बालबालिकालाई सामग्री वितरण

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क (अमेरिका)- गिरिजा प्रसाद कोइराला फाउण्डेसन अमेरिकाले विद्यार्थीहरुको लागि विभिन्न सामग्रीहरु वितरण गरेको छ । केही सहयोग र केही संस्थाले खरिद गरी ५ देखि १० बर्ष उमेरका बालबालिकालाई विद्यालयमा आवस्यक पर्ने सामग्रीहरु निशुल्क वितरण गरिएको फाउण्डेसनका अध्यक्ष सोमनाथ घिमिरेले बताए ।

वितरण गरिएका सामग्रीहरुमा झोला, स्टेशनरी सामान, फाष्टफुड, मास्क तथा सेनीटाईजर र डाइपर समेत रहेको अध्यक्ष घिमिरेले बताए । निशुल्क सामग्री वितरण कार्यक्रममा प्रमुख अतिथिको रूपमा न्युयोर्क राज्यकी एसेम्ब्लीओमेन जेसीका गोन्जालेस् रोजस् थिइन ।

त्यसैगरी विशेष अतिथि न्युयोर्क सिटी डिस्ट्रिक्ट २५ का डेमोक्रेटिक पार्टीका काउन्सिल मेनका नोमीनी शेखर कृष्णन्, क्वीन्स् सिभिलकोर्टकी डेमोक्रेटिक पार्टीबाट न्यायाधीशकी नोमीनी एन्ड्रीया ओग्लेको रहेका थिए ।

कार्यक्रममा आफुलाई प्रमुख अतिथिको रूपमा बोलाई वालवालिकाहरूसँग प्रत्यक्ष साक्षात्कार हुने मौका दिएकोमा जिपी कोईराला फाउन्डेशन अमेरिका लाई धन्यवाद दिँदै एसेम्बलीओमेन रोजसले आगामी दिनमा नेपाली समुदायसँग अझ हातेमालो गर्ने प्रतिबद्धता जनाइन । 

फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमीरेले सहयोगी दाता महानुभाव एवं फाउन्डेशन स्वयंको समेत लगानीमा स साना नानीहरूलाई शैक्षिक सामाग्री वितरण गर्न पाउँदा गर्व महसुस भएको बताए ।

कार्यक्रममा फाउन्डेशनका उपाध्यक्ष सुवर्ण लामा, महासचिव छिरीगं राप्के लामा, प्रवक्ता रामचन्द्र अधिकारी, सदस्यहरू प्रेम पौडेल, सुर्य सिंखडा, राजेश आचार्य, प्रेम क्षेत्री अधिकारी, र ध्रुव कुँवर क्षेत्रीकोपनि उपस्थिती थियो । त्यसैगरी एनआरएन अमेरीका न्युयोर्क च्याप्टरका अध्यक्ष आंग छिरिंग शेर्पा, नेपाल भिजन ईन्कका अध्यक्ष मोहनकृष्ण श्रेष्ठ, घ्याल्सुम्दो सेवा संस्थाका निवर्तमान अध्यक्ष निमा ल्हमु एवं महासचिव चेन्जोम लामा, मिस नेपाल नर्थ अमेरीका विजेता गरीमा ज्ञवाली, नेपाल यु.एस पर्वतारोहण संघका अध्यक्ष पासांग निमा शेर्पा, वरिष्ठ समाजसेवी पुरुषोत्तम पन्थी, मानव अधिकारकर्मी एवं सामाजिक अभियन्ता तेन्जीगं छेयांग, राजु रौनीयार, नेपाली अमेरिकन कलाकार संघका उपाध्यक्ष विमल डाँगी, समाजसेवी विष्णु रानामगर, केशवराम राई र सेन्टोन लामा, मोरड. समाज अमेरिकाका बुध्द पौडेल लगायतको उपस्थिती रहेको थियो ।