अमेरिका समाचार

नेपाललाई दिएको टिपिएस अवधि थप

प्रकाशित |
तस्बिर: सामाजिक संजाल
अमेरिका- अमेरिकाले नेपाली नागरिकलाई दिएको अस्थायी वसोवास अनुमती (टिपिएस) को अवधि डिसेम्बर ३१, २०२२ सम्म थप गरेको छ । 

अमेरिकाको इमिग्रेसन मामिला संग सम्वन्धित डिर्पाटमेण्ट अफ होमल्याड सेक्यूरिटीज (डिएचएस) उक्त घोषणा गरेको हो । टिपिएसम लिएर करिव ९ हजार नेपाली अमेरिकामा वस्दै आएका छन् । 
 
टिपिएस लिनेले अमेरिका काम गर्न, नेपाल लगायत विदेश यात्रा गर्न पाउंछन । तर, टिपिएसकै आधारमा परिवारलाई अमेरिका ल्याउन भने सक्दैनन् । 
 
नेपालसंग एलसाल्भाडोर, हाइटी, हन्डुरस, निकारागुवा र सुडानका नागरिकले पाएको टिपिएसको अवधि पनि वढाईएको छ ।

यो पनि पढ्नु होला>> आन्तरिक राजनीतिको गोटी बनाइदैछ एमसिसीलाई । जनताबीच एक आपसमा लडाउने र भीडाउने हतियार बनाइदैछ एमसिसीलाई -रामचन्द्र भट्ट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया