मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिका आईसीसी प्रतिनिधि (डेलिगेट) छनौटमा गाईजात्रा

अमेरिका आईसीसी प्रतिनिधि (डेलिगेट) छनौटमा गाईजात्रा

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकावाट आईसीसीमा प्रतिधित्व गर्ने डेलिगेट छनौट गाईजात्रा भयो । यसवारेमा टुंगो लाग्ने भन्दा पनि अझै अन्यौल छ । डेलिगेट छनौटका नाटकले एनआरएनएलाई विश्वास गर्नेको हुर्मत लिने काम नै भयो ।
 
एनआरएनए अमेरिका निवर्तमान कार्यसमिति र वर्तमान कार्यसमिति यसका लागि मुख्य दोषी हुन् । केन्द्र आईसीसीले पनि स्पष्ट निर्देशन दिन नसक्नु कमजोरी भयो । अहिलेसम्म टुंगो नलागेको डेलिगेट छनौटमा तह तहमा गाईजात्रा नै भयो । फेरी अर्को चुनाव गर्न आईसीसीले निर्देशन दिएको वताईएको छ ।
 
पहिलो गाईजात्रा निवर्तमान कार्यसमितिले गर्यो । निवर्तमान अध्यक्ष सुनिल साहले ६५ प्रतिशत डेलिगेट छान्दै सुची आईसीसीमा पठाएका थिए । त्यो सुची पनि सही थिएन ।  सुनिल यस अघि पनि डेलिगेटको विषयमा पटक पटक विवादित वनेका थिए । वरिष्ठ उपाध्यक्ष हुदां नै उनलाई डेलिगेटको नाममा वार्गेनिगं गरेको आरोप लागेको थियो । पछि उनले विज्ञप्ति निकालेर यसको खण्डन गरेका थिए ।
 
निवर्तमान कार्यसमितिले डेलिगेटवारेमा सही निर्णय लिन नसक्दा न्यूयोर्क साधारण सभामा भांडभैलो भयो । त्यो साधारण सभा टुगिंएको थियो या थिएन कसैलाई पत्तो नै भएन । सुनिलको कार्यकाल अन्त्य दुर्भाग्यपुर्ण रुपमा भयो ।  डेलिगेट छनौट विवाद उक्त साधारण सभा अघि नै टुंगो लाग्नु पर्ने थियो ।
 
सुनिलको कार्यसमितिले डेलिगेट छनौटका विषयमा विवादस्पद निर्णयहरु गर्यो । निर्वाचन समितिलाई स्पष्ट म्याण्डेट दिन सकेन । त्यसपछि विवादस्पद निर्णय गर्दै गर्यो ।एउटा चुनाव भयो । समाजिक संजालमा एउटा समितिले डेलिगेट छान्यो भन्ने पनि राखियो । यी अर्का गाईजात्रा थिए ।
 
विवादकै विच वर्तमान कार्यसमितिले कार्यभार सम्हाल्यो । डेलिगेट विवाद टुग्यांउन नयां कार्यसमितिपनि निकम्मा सावित भएको छ । एनआरएनए अमेरिका अध्यक्ष बुद्धि सुवेदीले अहिलेसम्म डेलिगेट विवाद के हो किन समस्या छ यो समेत भन्न सकेका छैनन् ।