मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

तेस्रो आदिवासी चलचित्र महोत्सव सम्पन्न

तेस्रो आदिवासी चलचित्र महोत्सव सम्पन्न

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क(अमेरिका)- न्युयोर्कमा आइतबार राती सम्पन्न भएको तेस्रो आदिवासी चलचित्र महोत्सवमा नेपाल भाषा  (नेवारी भाषा) को चलचित्र जा मनः गुभाजुले सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । आइतबार न्युयोर्कको ज्याक्सन हाइट्स नजिकैको गुल्सन ट्यारेस हलमा सम्पन्न भएको अवार्ड समारोहमा जा मनः गुभाजु प्रतिष्पर्धी अन्य ६ चलचित्रलाई पछि पार्दै उत्कृष्ट बनेको हो । उत्कृष्ट चलचित्रको अवार्डसंगै चलचित्रले एक हजार एक सय ११ अमेरिकी डलर नगदपनि हात पारेको छ ।

आइतबार मध्यरातमा भएको कार्यक्रममा न्युयोर्कस्थित नेपाली महावाणिज्य दुतावासका कार्यवाहक महावाणिज्य दूत बिष्णुप्रसाद गौतम र नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, फिप्नाका अध्यक्ष लोक चेम्जोङले उत्कृष्ट चलचित्रको अवार्ड र नगद संयुक्त रुपमा वितरण गरेका थिए । शनिवार र आइतबार प्रदर्शन गरिएका नेपालका विभिन्न भाषा तथा संस्कृति झल्कने चलचित्रबाट छनौट गरी दश विधामा पुुरस्कार वितरण गरिएको थियो ।

उत्कृष्ट चलचित्र जा मनः गुभाजुले पटकथा र अभिनेताको पुरस्कारपनि जितेको छ । अवार्ड समारोहमा तिला मगरले मगर भाषाको चलचित्र ट्याङ चालकबाट उत्कृष्ट नायिकाको पुरस्कार हात पार्दा उत्कृष्ट कथाको पुरस्कार भने लिम्बु चलचित्र के ले जितेको छ ।

अवार्ड वितरण समारोहमा ह्योल्मो जातीको मेटोकलाई उत्कृष्ट छायाँकन सहित दर्शकले मनपराएको चलचित्र घोषणा गरियो । उत्कृष्ट भेषभुषामा तामाङ जातिको प्राङना र गुरुङ जातिको मि हेर्वैटलाई उत्कृष्ट संगित तथा निर्देशनको अवार्ड दिइएको छ । अवार्ड वितरणका लागि अमेरिकामा नेपाली समुदायमा योगदान गरेका व्यक्तित्वहरुलाई अमन्त्रण गरिएको थियो ।  

नेपालको मौलिक संस्कृति भाषा तथा परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा परिचित बनाउने उद्धेश्यले चलचित्र महोत्सवजस्ता कार्यक्रम आयोजना गरिएको नेपाल आदिवासी जनाजाति महाँसंघ, अमेरिका, फिप्नाका अध्यक्ष लोक चेम्जोङले बताए । सो कार्यक्रममा नेपालका विभिन्न जातजाती तथा भाषा र संस्कृति झल्कने साँस्कृतिक कार्यक्रम गरिएको थियो । साथै चर्चित गायकद्धय राजु लामा र जगदिश समालको प्रस्तुतिमा दर्शकहरु राती अबेरसम्मपनि झुमेका थिए ।