मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

आप्रवासी सहरमा आदिवासी चलचित्रको रौनक

आप्रवासी सहरमा आदिवासी चलचित्रको रौनक

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क (अमेरिका)– प्रायजसो कुनै न कुनै नेपाली कार्यक्रम भइरहने न्युयोर्कमा यो साता भने नेपाली आदिवासी चलचित्रहरुको प्रदर्शनी विशेष रह्यो । नेपालीहरुको उल्लेख्य बसोवास रहेको न्युयोर्कको  क्वीन्स, त्यसमापनि ज्याक्सन हाइ्ट्समा त कुनै दक्षिण एशीयाली शहरमै पुगेको भान हुन्छ । त्यही ज्याक्सन हाइंट्स जसको बारेमा अमेरिकामा बस्ने नेपालीमात्र होइन नेपालमै बस्नेहरुपनि जानकार छन । 
त्यही ज्याक्सन हाईट्स नजिकै रहेको सत्य नारायण मन्दिरमा नेपाल आदिवासी जनजाति महासंघ फिप्नाले आदिवासी चलचित्रहरुको महोत्सव गरिरहेको छ । अगष्ट २१ तारिख शनिवार महोत्सवको पहिलो दिन भव्य रुपमा सफल भएको आयोजक नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाका अध्यक्ष लोक चेम्जोङले उत्साहित हुदै बताए । महोत्सवको पहिलो दिन दर्शक तथा आयोजकहरु नेपाली मौलिक कला भेषभुषामा सजिएर उपश्थित भएकोमा उत्साहित बनेको चेम्जोङले बताए । 
 
पहिलो दिनको समापनमा धन्यवाद दिंदै चेम्जोङले नेपाली कला संस्कृति, भाषा पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउंदै नेपाली आदिवासी चलचित्रहरुको उत्थान, विकास र प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजना गरिएको महोत्सवले थप उर्जा मिलेको प्रतिक्रिया दिए । 
 
दर्शकहरुलाई जन्मभूमीको याद दिलायो

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले आयोजना गरेको आदिवासी चलचित्र महोत्सवको पहिलो दिन पाँच वटा चलचित्रहरुको प्रदर्शनी गरिएको थियो । शनिवार प्रदर्शन भएका चलचित्रहरुमा लिम्बु भाषाको, केः, मगर भाषाको ट्याङचलाक, ह्योल्मो भाषाको मेतोक त्यसै गरी राई भाषाको सायाबुङ र तामाङ भाषाको प्रङना रहेका थिए । चलचित्र हेरी सकेपछि दर्शकहरुले प्रदर्शनीले आफ्नो जन्मभुमी सम्झाएको तथा भावुक बनाएको बताएका थिए । 
 
दोस्रो दिन अझै भव्य हुने

महोत्सवको दोस्रो दिन अर्थात आइतबार नेवारी भाषाको मनः गुभाजु र गुरुङ समुदायको मि न्होर्वैट प्रदर्शन गरिने आयोजकले जनाएको छ ।  दोस्रो दिन विशेष साँस्कृतिक कार्यक्रम गरिने तथा पुरस्कार वितरण गरिने जनाइएको छ । साँस्कृतिक कार्यक्रममा चर्चित गायकहरु राजु लामा तथा जगदिश समालले आफ्नो प्रस्तुति दिनेछन । साँस्कृतिक कार्यक्रमको सञ्चालन पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठले गर्नेछिन । साँकृतिक तथा पुरस्कार वितरण कार्यक्रम साँझ गरिनेछ । नेपाली भाषा तथा संस्कृतिको उत्थान तथा जगेर्नामा उल्लेख्य भुमिका खेल्दै आएको आदिवासी जनजातिहरुको संगठन फिप्नाले अमेरिकामा विभिन्न कार्यक्रम गरि सक्रिय उपश्थिती जनाउदै आएको छ ।