मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

आइतबार पनि ड्यालसको नेपाली मन्दिरमा रक्षावन्धन

आइतबार पनि ड्यालसको नेपाली मन्दिरमा रक्षावन्धन

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टेक्सस (अमेरिका) । अमेरिकाको स्थानीय समय अनुसार शनिबार मात्र जनैपूर्णिमा तिथि परेको भएपनि ड्यालसको नेपाली मन्दिरले आइतबार समेत उपस्थित भक्तजनहरुलाइ जनै वितरण र रक्षावन्धन बाँध्ने कार्यक्रम राखेको छ ।
 
शनिबार दिउँसो बसेको नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको बैठकले दुबै दिन जनैपूर्णिमा मनाउने निर्णय गरेको हो । पञ्चाङ्ग निर्णायक समितिले अमेरिकामा पूर्णिमा तिथि शनिबार मात्र रहेको उल्लेख गर्दै पात्रो प्रकाशित गरेको भएपनि नेपाली समुदायका अधिकांशले नेपालमा चाडपर्ब मनाएपछि मात्र अमेरिकामा मनाउने गर्दै आएका छन् । 
 
‘हामीले समुदायको आग्रहलाइ ध्यानमा राखेर जनै वितरण, रक्षावन्धनको कार्यक्रमलाइ आइतबार पनि निरन्तता दिने निर्णय गरेका छौँ’ मन्दिर बोर्ड अफ ट्रष्टीका अध्यक्ष विनय  अर्यालले भन्नुभयो ।
 
मन्दिरका पूजारी डा. शेखर पण्डितले पनि आइतबार समेत नियमित रुपमा मन्दिरमा जनैपूर्णिमामा हुँदै आएका कामहरु हुने जानकारी दिनुभयो । ‘जति पनि भक्तजनहरु आइतबार आउनुहुन्छ, उहाँहरु सबैलाइ जनै वितरण, रक्षावन्धनका कामहरु हुनेछन्’ उहाँले भन्नुभयो । 
 
केही चाडपर्वहरु नेपालमा भन्दा अमेरिकामा अघिल्लै दिन हुँदा सर्वसाधारण  द्विविधामा पर्दै आएका छन् । नेपालको भन्दा १२ घण्टा समय पछि भएपनि तिथिका कारण केही पर्वहरु अघिल्लै दिन पर्ने गरेको छ । त्यस्तो अवस्थामा मन्दिरले भक्तजनरुको चाहना अनुसार दुबै दिन सेवा दिने नीति बनाएको छ ।

अमेरिकाका अधिकांश नेपाली समुदाय र भारतीय समुदायले पनि अाइतबारनै रक्षावन्धन मनाउने भएका छन् ।