मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

फ्लोरिडामा आवासिय घर ढल्दा ३ को मृत्यु ९९ जना वेपत्ता (भिडियो सहित)

फ्लोरिडामा आवासिय घर ढल्दा ३ को मृत्यु ९९ जना वेपत्ता (भिडियो सहित)

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फ्लोरिडा (अमेरिका)- फ्लोरिडामा एउटा आवासिय घर भत्किंदा कम्तिमा ३ जनाको मृत्यु र ९९ जना वेपत्ता भएका छन् । मियामी डाड काउन्टीमा विहिवार विहान १२ तल्ला भएको उक्त भवन ध्वस्त भएको थियो । 
 
मियामीको समुन्द्र किनार भन्दा ६ माइल टाढा रहेको उक्त घर विहिवार विहान साढे १ बजे तिर ढलेको वताईएको छ । त्यस लगत्तै व्यापक उद्धारकार्य शुरु गरिएको थियो । 
उद्धारकर्ताहरुले करिव ४० जनालाई जिवितै उद्धार गरेका थिए । अहिलेसम्म कतिजना हराईरहेका छन् यसको पुष्टि भएको छैन । विभिन्न देशका नागरिक समेत वेपत्तI  भएको वताईएको छ । 
 
समन्द्र किनारमा रहेको उक्त भवनमा १३६ युनिट रहेको वताईएको छ । जसमध्ये ५५ वटा ध्वस्त भएका छन् । यो भवन १९८० को दशकमा निमार्ण भएको वताईएको छ । यो भवन कसरी ढल्यो यसको अनुसन्धान भईरहेको छ ।