मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

टेक्ससको अर्भिगंमा नेपालीको नयां स्पोर्टस क्लव रेष्टुरेण्ट, करिव १३ लाख डलर लगानी

टेक्ससको अर्भिगंमा नेपालीको नयां स्पोर्टस क्लव रेष्टुरेण्ट, करिव १३ लाख डलर लगानी

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टेक्सस(डयलास)- अर्भिगंको बेल्टलाइन रोडमा ह्यागंआउट रेष्टुरेण्ट एण्ड स्पोर्टस क्लवको शुक्रवार देखि आशिंक रुपमा संचालन सफ्ट ओपनिगं हुने भएको छ । करिव १३ लाख अमेरिकी डलर रहेको यो क्लवमा नेपाली युवाहरुको लगानी छ । 
 
यो अमेरिकन स्पोर्टस रेष्टुरेण्ट एण्ड बार हो I  लगानीकर्ता मध्येका एक बचन तिवारीले भने हामीकहां बार वाहेक अमेरिकीन, मेक्सिकन र नेपाली खानाको स्वाद लिन सकिन्छ र हामीले नेपाली लगायत सवै प्रकारका ग्राहकलाई केन्द्रित गरेर यो क्लव खोलेका हौं । 
 
एक पटकमा करिव २१५ जनाले बसेर खान सक्ने, प्राइभेट लाउन्च लगायतका सुविधा उक्त क्लवमा छन । ‘१२ हजार वर्ग फिटमा फैलिएको यो क्लबमा ८ वटा पुल टेवल, टेवल टेनिस, फूस बल लगायतका खेल खेल्दै बारको सुविधा लिन सकिछ’, अर्का लनानीकर्ता प्रज्वल क्षेत्रिले भने ।  
अर्भिगंमा यस प्रकारको सुविधा भएको स्पोर्टस क्लव यो मात्र रहेको उनीहरुले वताए । यस ठाउं वरपरका  लागि यो युनिक कन्सेप्ट हो उनीहरुले भने यहां यस्तो बार थिएन त्यही आवश्यकता हेरेर हामीले लगानी गरेका हौं । 
कन्सर्ट लेभलको साउण्ड सिस्टम भएकाले लाइभ म्युजिक लगायतका सुविधा थप गर्दै जाने उनीहरुले वताए । 
 
जुलाईको पहिलो साता देखि यो क्लव पुर्ण रुपमा संचालनमा आउने उनीहरुले वताए । यो लगानीलाई सिटीका मेयरले पनि सकरात्मक रुपमा लिएको उनीहरुले वताए ।