अमेरिका समाचार

टेक्ससको अर्भिगंमा नेपालीको नयां स्पोर्टस क्लव रेष्टुरेण्ट, करिव १३ लाख डलर लगानी

टेक्ससको अर्भिगंमा नेपालीको नयां स्पोर्टस क्लव रेष्टुरेण्ट, करिव १३ लाख डलर लगानी


शेयर गर्नुहोस:

64.9k
Shares

  • change font
  • change font

टेक्सस(डयलास)- अर्भिगंको बेल्टलाइन रोडमा ह्यागंआउट रेष्टुरेण्ट एण्ड स्पोर्टस क्लवको शुक्रवार देखि आशिंक रुपमा संचालन सफ्ट ओपनिगं हुने भएको छ । करिव १३ लाख अमेरिकी डलर रहेको यो क्लवमा नेपाली युवाहरुको लगानी छ । 
 
यो अमेरिकन स्पोर्टस रेष्टुरेण्ट एण्ड बार हो I  लगानीकर्ता मध्येका एक बचन तिवारीले भने हामीकहां बार वाहेक अमेरिकीन, मेक्सिकन र नेपाली खानाको स्वाद लिन सकिन्छ र हामीले नेपाली लगायत सवै प्रकारका ग्राहकलाई केन्द्रित गरेर यो क्लव खोलेका हौं । 
 
एक पटकमा करिव २१५ जनाले बसेर खान सक्ने, प्राइभेट लाउन्च लगायतका सुविधा उक्त क्लवमा छन । ‘१२ हजार वर्ग फिटमा फैलिएको यो क्लबमा ८ वटा पुल टेवल, टेवल टेनिस, फूस बल लगायतका खेल खेल्दै बारको सुविधा लिन सकिछ’, अर्का लनानीकर्ता प्रज्वल क्षेत्रिले भने ।  
अर्भिगंमा यस प्रकारको सुविधा भएको स्पोर्टस क्लव यो मात्र रहेको उनीहरुले वताए । यस ठाउं वरपरका  लागि यो युनिक कन्सेप्ट हो उनीहरुले भने यहां यस्तो बार थिएन त्यही आवश्यकता हेरेर हामीले लगानी गरेका हौं । 
कन्सर्ट लेभलको साउण्ड सिस्टम भएकाले लाइभ म्युजिक लगायतका सुविधा थप गर्दै जाने उनीहरुले वताए । 
 
जुलाईको पहिलो साता देखि यो क्लव पुर्ण रुपमा संचालनमा आउने उनीहरुले वताए । यो लगानीलाई सिटीका मेयरले पनि सकरात्मक रुपमा लिएको उनीहरुले वताए ।