मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

किराँत राईहरुले पवन चाम्लिङको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय कार्यक्रम गर्ने

किराँत राईहरुले पवन चाम्लिङको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय कार्यक्रम गर्ने

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क- युनाइटेड किराँत राई अगनाइजेसन अफ अमेरिकाले किराँत राईहरुको महानचाड उभौली साकेला–२०२१ र किराँत यले सम्वत ५०८१ को उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्ने भएको छ । 
 
भच्र्युअल माध्यमद्वारा संसारभरका किराँत राईहरुबीच शुभकामना आदानप्रदान कार्यक्रम तय भएको बताइएको छ । जुन १९ मा नेपाली समय साँझ ६ बजेदेखि सञ्चालन हुने सो कार्यक्रमको प्रमुख अतिथि सिक्किमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङ रहने अर्गनाइजेसनका सभापति मुना राईले बताइन् । 
 
‘किरात राईहरुबीच विविधता, भावनात्मक एकता’ भन्ने नाराका साथ संसारभर छरिएर रहेका राईहरुबीच यो सांस्कृतिक चाडमा शुभकामना आदानप्रदान गरिने जानकारी राइले दिइिन् । 
 
२० भन्दा बढी देशबाट प्रतिनिधिहरु उक्त कार्यक्रममा सहभागी हुने अपेक्षा गरिएको छ । अर्गनाइजेसनका उपसभापति तथा कार्यक्रमका संयोजक जिएस राइले नेपालका किराँत राई यायोखा केन्द्रीय समितिदेखि विश्वमा रहेका किराँत राईहरु कुवेत, मकाउ, थाइल्याण्ड, मलेसिया, युएई, अस्ट्रेलिया, हङकङ, युके, न्युजिल्याण्ड, जापानलगायतका अन्य थुप्रै देशहरुबाट सहभागी हुनेछन् । 
 
यायोखाका केन्द्रीय सभापति दिवश राई, पूर्वराजदूत नोबलकिशोर राई, संयुक्त राष्ट्र संघ नेपालका स्थायी प्रतिनिधि वर्तमान राजदूत अमृत राई, अभिनेता दयाहाङ राई, गायक तथा वरिष्ठ संगीतकार जितेन राईलगायतको पनि सहभागिता रहने छ । 
 
त्यसैगरी, अमेरिकाको प्रशान्त महासागरदेखि आन्द्र महासागरसम्म फैलिएको युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाले भर्खरै टेक्सस, अर्कान्सास र फ्लोरिडालाई मिलाएर च्याप्टर गठन गरेको छ । 
 
उक्त च्याप्टरको सभापति दमकाजी राई, उपसभापति गौरव राई, महासचिव सदेश राई, कोषाध्यक्ष राजेश राई रहेका छन् । बोर्ड सदस्यहरुमा लिजा राई, करुण राई, सिर्जना राई चुनिएका छन् । अन्य खाली पदहरुको पूर्ति छिटै नै गरिने राईले बताएका छन् । 
 
नेपालमा कोभिड महामारी पीडितहरुको सहयोगार्थ पनि अर्गनाइजेसनका सदस्यहरुबाट सहयोग संकलन भइरहेको बताइएको छ ।