मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

नेप्लिज अमेरिकन चेम्बर अफ कमर्सद्वारा नेपालमा ९० हजार डलर बराबरको सहयोग

नेप्लिज अमेरिकन चेम्बर अफ कमर्सद्वारा नेपालमा ९० हजार डलर बराबरको सहयोग

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (टेक्सस) । अमेरिकास्थित नेप्लिज अमेरिकन चेम्बर अफ कमर्सले नेपालको कोभिड राहतका लागि अहिलेसम्म करिब ९० हजार अमेरिकी डलर बराबरको सहयोग गरेको छ। जसमध्ये ५० हजार नगद र ४० हजार बराबरका पाँच वटा भेन्टिलेटरहरु रहेका छन्।  
 
नेपालका विभिन्न अस्पतालहरुमा आवश्यक सहयोका लागि नेप्लिज अमेरिकन चेम्बर अफ कमर्सले शनिबारमात्र महाबीर पुन प्रमुख रहेको संस्था राष्ट्रिय आविष्कार केन्द्रलाई २० हजार अमेरिकी डलर र करिब ४० हजार अमेरिकी डलर लागयतका ५ भेन्टिलेटरहरु (२ नयाँ पोर्टेबल र ३ ट्रेनिङका लागि) हस्तान्तरण गरेको छ । सो अवसरमा चेम्बर र आविष्कार केन्द्रका बीचमा एक सम्झौतापत्रमा पनि हस्ताक्षर भएको थियो । चेम्बर सभापति बाल जोशी र आविष्कार केन्द्रका प्रमुख महाबीर पुनले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

 
नेपालमा कोभिडको दोश्रो प्रकोप सुरु भएपछि नेप्लिज अमेरिकन च्याम्बर अफ कमर्सले अमेरिकामा सहयोग संकलन अभियान सुरु गरेको थियो। सहयोग संकलन अभियानका संयोजक सुरेश पोख्रेलका अनुसार चेम्बरले मुख्यरुपमा नेपालमा झापाको बिर्तामोड, मेची अञ्चल अस्पताल, बाराको कलैया अस्पताल, गुल्मीको धुर्कोट स्वास्थ्य केन्द्र, बाँकेको भेरी अञ्चल अस्पताल, कैलालीको टीकापुर अस्पताल, सुर्खेतको पञ्चपुरी नगरपालिका तथा सालकोट स्वास्थ्य केन्द्र र अछाम जिल्लाका विभिन्न गाउँपालिकास्थित स्वास्थ्य केन्द्रहरुमा सहयोग गरेको छ।  

 
यसैगरी बाँकेको नेपालगन्ज नगरपालिकामा निर्माणाधीन आइसोलेसन सेन्टरका लागि च्याम्बरले नेपाली समाज टेक्ससको सहयोगमा १० लाख नेपाली रुपैयाँको सहयोग गरेको संयोजक पोख्रेलले जानकारी दिए । 
 
च्याम्बरले नेपालस्थित वागेश्वरी असल शासन क्लब र भेरी अञ्चल अस्पतालसँगको समन्वयमा र टेक्सस नेपाली मेडिकल एसोसिएसनको सहयोगमा भेरी अञ्चल अस्पतालका कोभिड बिरामी र उनीहरुका परिवारका लागि सहयोग गर्न एक सहायता कक्षको समेत स्थापना गरेको छ।  
 
च्याम्बरले सुरु गरेको  कोभिड राहतमा अमेरिकास्थित नेपाली र अन्य समुदायलगायत नेपाली समाज टेक्सस, टेक्सस नेपाली मेडिकल एसोसिएसन, एभन्ट फाउन्डेसन, पुण्य फाउन्डेसनलगायतका संस्थाहरुले आर्थिक सहयोग गरेका थिए ।
 
संस्था स्थापनाको छोटो अवधिभित्रै विभिन्न परिमाणमुखी काम गरेर समुदायमा आफ्नो परिचय र औचित्य स्थापना गर्न सफल रहेको अमेरिकास्थित नेपाली व्यवसायीहरुको संस्था नेप्लिज अमेरिकन च्याम्बर अफ कमर्सको अनुरोध स्वीकारे गरी नेपालको कोभिड राहतका लागि सहयोग गर्ने सबै संघसंस्था तथा समस्त समुदायप्रति कृतज्ञ भएको बताउँदै संस्थाकी कोषाध्यक्ष स्मृति कार्कीले सहयोग गर्ने सबैमा आभार व्यक्त गरेकी छिन्।