मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सूचना प्रविधि   

अमेरिकामा नेपाली अमेरिकनको संख्या एक लाख ८९ हजार ४००

अमेरिकामा नेपाली अमेरिकनको संख्या एक लाख ८९ हजार ४००

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । अमेरिकामा स्थायी रुपमा बस्दै आएका नेपाली अमेरिकनको संख्या १ लाख ८९ हजार ४०० रहेको छ । अमेरिकी सरकारले गरेको पछिल्लो सेन्ससअर्थात जनगणनाले यो देखाएको हो । 
 
उक्त सेन्ससअनुसार नेपाली अमेरिकनको औसत आयु साढे ३० वर्ष रहेको छ र ८५ प्रतिशत नेपाली परिवारमा बस्छन् । परिवारको आकार ३ दशमलव ७० प्रतिशत रहेको छ । अर्थात एउटा नेपालीको परिवारमा झण्डै चार छन् ।
 
परिवारको औसत आम्दानी वार्षिक आम्दानी ६३ हजार ६२० अमेरिकी डलर (करिब ६५ लाख रुपैयाँ)  रहेको उक्त सेन्ससले देखाएको छ । यो औसत एसियन अमेरिकनको आम्दानीभन्दा कम हो । अमेरिकन एसियनको औसत आम्दानी ९३ हजार ७५९ अमेरिकी डलर छ । समग्र अमेरिकी परिवारको औसत आम्दानी ६५ हजार ७१० अमेरिकी डलर छ । 
 
सेन्ससअनुसार एसियन अमेरिकनको कुल जनसंख्या १ करोड ८६ लाख छ । जसमध्ये चीन (ताइवानसहित) को जनसंख्या ४४ लाख रहेको छ । त्यसपछि भारतीय मूलका अमेरिकनको जनसंख्या छ । त्यसपछि तेस्रो स्थानमा फिल्पिनो अमेरिकन छन् । भारतीय अमेरिकनको जनसंख्या ४२ लाख रहेको छ । कुल एसियन अमेरिकनमध्ये नेपालीको जनसंख्या ३ दशमलव ७ प्रतिशत छ । 
 
अमेरिका स्थायी रुपमा बस्ने नेपाली अमेरिकनमध्ये ४४ प्रतिशतसँग मात्र व्याचलर्स वा यो भन्दा बढीको डिग्री छ । जबकि भारतीय अमेरिकनमध्ये ७६ सँग यस्तो डिग्री छ । त्यसपछि व्याचलर्स डिग्री धेरै हुने पाकिस्तानी अमेरिकन छन् । ६० प्रतिशत पाकिस्तानी अमेरिकनसँग उक्त डिग्री रहेको छ । औसतमा अमेरिकामा व्याचलर्स डिग्री हुने जम्मा ३३ प्रतिशत छ । 
 
सन् २०२० मा गरिएको उक्त सेन्ससले अमेरिकाको कुल जनसंख्या ३३ करोड १४ लाख रहेको देखाएको छ ।