मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकमा बसोवास गरिरहेका नेपालीबाट अछाममा सहयोग

अमेरिकमा बसोवास गरिरहेका नेपालीबाट अछाममा सहयोग

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- विश्वभर फैलिएको कोरोना भाइरस केही दिन यता मातृभूमी नेपाललाई बढी आक्रान्त  गर्न पुगेकोछ । यसमा पनि नेपालका दुर-दराजका वस्तीहरु र भारतबाट फर्किएका सुदूर-पश्चिमका पहाडी जिल्लाहरु झनै कठिन अवस्थामा रहेको देखिन्छ ।

यस्तो बिषम परिस्थितीमा केही भए पनि राहत र मलमपट्टी लगाउन अछाम घर भै हाल अमेरीका बसोवास गरि रहेका अछामीहरुले पंचदेवल नगरपालीकालाई पाँचलाख वरावरका अक्सिजन कन्ट्रयाक्टर, पीपीई लगायत आवस्यक औषधी, सेनेटाईजर र अन्यसामग्रीहरु प्रेम शाहीको संयोजकत्वमा संकलन गरी हस्तान्तरण गरेका छन ।

यस कार्यमा सहयोग पुरयाउने अमेरिकामा वसोवास गरिरहेका अछामी र काठमाण्डौबाट सहयोग जुटाइ रहेका कृष्ण शाही एवम् काठमाण्डौबाट सामग्री अछाम सम्म पुरयाउने कर्ण विश्वकर्मालाई प्रेम शाहीले धन्यवाद दिएका छन । प्रेम शाही अमेरीकाको टेक्सास निवासी हुन र उनी सुदुरपश्चिम नेपाली समाज टेक्सास, अमेरिकाका अध्यक्ष एवम् नेप्लिज-अमेरिकन चेम्बर्स अफ कमर्ससंग आवध्द छन ।