विचार / ब्लग

सुखी भन्दा पनि खुसीजीवनको मार्ग हो बुद्धवाद !

प्रकाशित |
ज भन्दा २५ सय वर्ष अगाडी एउटा बिचार जन्म्यो । जुन विचार पुर्णीमाको चन्द्रमा संगै उदाएको थियो र सदाकोको लागी पूर्णीमाको प्रकाशसंगै रहन सफल भयो । हो ! त्यो बिचार, त्यो दर्शन, त्यो बिज्ञान, जसको जन्म, ज्ञान प्राप्ती र मृत्यूको सम्बन्ध सधै उज्यालो पुर्णिमाको चन्द्रगोद भित्र रह्यो । एक हिमाली राज्य भित्रबाट निस्केको प्रकाशपुन्ज बिश्व जगतको कल्याणका लागी औषधी बन्न गयो । तिनै महान सामाजिक बिज्ञानका जन्मदातालाई हामीले स्मरण गरि रहेकाछौ । जसलाई बिश्वजगतले शान्तीका अग्रदुत बुद्धको नामबाट चिन्दछ ।   
 
संसारमा बिभिन्न वाद र विचारहरुका बिचमा निरन्तर बहस र छलफल हुने गरिन्छ । ती वादहरुको बैज्ञानीक आधारमा कैयौ परिमार्जन भएका छन । तर पूर्विय दर्शनको बुद्धवाद ती धेरै बिचारहरुको जननी हो, जसले मानव कल्याण, शान्ती र जीवनको मार्ग खोज्न मानव भित्रको स्वयम्  भावनाले काम गर्छ भनि ठोकुवा गर्छ । साथै हरेक पिडा भित्रका रहस्य र निदान स्वयम् भित्रको अध्ययन र अनुसन्धानबाट निराकरण गर्छ भनेर उजार गर्छ । 
 
मनिसहरु सुख प्रप्तीका लागि भौतारी रहेको अहिलेको टेक्नोलोजीको आधुनिक युगमा हराई रहेको मानव कल्याणको सुखलाई चिनाउने माध्यम बुध्दवाद भित्रको रहस्य हो । कम्यूटर र फोन जस्ता टेक्नोलोजीमा रमाई रहेकाहरुको क्षणिक रमाइलोले मस्तिस्कमा ल्याउने खुसीको पाटोको उजागर हो वुध्दवाद । यसैलाई म्याथिउ रिकार्डको सुखप्राप्तीसंग सम्वन्धित सर्वाधीक पढिएको पुस्तकमा दिगो सुखको सम्बन्ध स्वयमले सोच्ने दिमागको नियन्त्रणसंग सम्वन्धित भएको भन्दै धनदौलत, भौतिक बिलासिता र ब्यक्ती केन्द्रित अवस्थाबाट छुटकारा पाउने ज्ञानको आधारको रुपमा बुद्धको ज्ञानको चर्चा गरेका छन । उनले ब्यक्तीको खुसीलाई मापन गर्न स्वयम् भित्रको ऐनाले भित्री मन हेर्ने कि अरुको ऐनाको भर परेर त्यसको पछाडी लाग्ने भन्ने जस्ता बिविध उदाहरणहरुलाई बुद्धबिज्ञानका दृष्टीबाट नियालेका छन । 
 
बुद्धविज्ञानले मानव दिमाग नै हाम्रो सम्पूर्ण सोच र प्राप्तीको आधार मानेको छ । हाम्रो मस्तिस्क भित्रको सम्वेग र त्यसको नियन्त्रण भित्र नै हाम्रा सुख र खुसीहरु लुकेका हुन्छन । यसैले भनिन्छ कि ! हामी सुखी हुन सक्छौ तर खुसी हुन सक्दैनौ । खुसी हुन अन्तरमनको भावना र मस्तिस्कको नियन्त्रण चाहिन्छ । यसैले यहाँ रुसोको चर्चित भनाई भन्न मन लाग्यो – “हरेक ब्यक्ती खुसी हुन चाहन्छ तर खुसी हुन सबैभन्दा पहिले यसको अर्थ बुझ्न जरुरी छ” । भने खुसीको अर्थ सरल रुपमा चिनाउने विज्ञान नै पूर्विय दर्शनको बुध्दिज्म भित्र छ । 
 
आज हामीले बुद्ध जयन्ती मनाइ रहेकाछौ । बिश्वभर २५६५औं बुद्धजयन्ती मनाउदै गर्दा बुद्धको दर्शनको महत्व झनै बढेको छ । मानव विचार भित्रको सक्कली विचार, मानव भौतिक स्वरुप भित्रको सक्कली स्वरुप, मानव दिमाग भित्रको सही दिमाग र सत्यता भित्रको सत्यताको बैज्ञानीक आधार सहितको स्व-अध्ययन र त्यसबाट प्राप्त ज्ञानबाट स्वयमको आत्माशुध्दिकरण गर्नु नै बुद्धधर्मको बैज्ञानिक आधार हो । जसले स्व-मूल्याङ्कन, अवलोकन र सत्यताका बिविध स्वरुपसंग सम्बन्ध राख्दछ । 
 
यसका साथै बुद्ध दर्शन मानवीय दुख, वेदना, संघर्ष र समवेदनाका विभिन्न पाटासंग मानव मस्तिस्कको शुध्दिकरण र खुसीका लागि तनावमूक्त दैनिकी र नैरास्यतामूक्त जीवनको अचुक बैज्ञानिक आधारको रुपमा ध्यान र आत्माको शुध्दिकरण गराउन सहयोगी तालिमको रुपमा पनि लिने गरिन्छ । जसको फलस्वरुप आज विज्ञानमा मस्तिस्क सम्वन्धी रोगको उपचारमा बुद्धवादको ज्ञानको उपयोग प्रभावकारी देखिन्छ । यी र यस्तै कैयौ जीवनोपयोगी सीपको आधार बुद्धवाद हो । यो सानो लेखमा बुद्धवादसंग सम्बन्धित छोटो सतही बिचार राखेको छु । यसमा राखिएको खुसीसंग सम्बन्धित छोटो बिचार बुद्धपथको एक अंश मात्र हो । 
 
आषा छ ! यसले तपाईंलाई बुद्धवादका बारेमा भोग जगाउन सक्ने छ । साथै बुद्धजयान्तीको यस पावन अवसरले हामीलाई बुद्धको बिचार ग्रहण गरी जीवनमा उपयोग गर्न सफलता मिलोस भन्ने कामना सहित बुद्धजयन्तीको शुभकामना छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया