मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

नेपाली राजदूतावासको घुम्ति कन्सुलर सेवाको स्थानीय नेपालीहरुद्वारा प्रशंसा (फोटो फिचर सहित)

नेपाली राजदूतावासको घुम्ति कन्सुलर सेवाको स्थानीय नेपालीहरुद्वारा प्रशंसा (फोटो फिचर सहित)

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ह्युस्टन (टेक्सस)-  नेपाली राजदूतावास वासिङ्गटन डिसीको आयोजना र गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका, टेक्सस च्याप्टरको संयोजनमा ह्युस्टनमा घुम्ति कन्सुलर सेवा सम्पन्न भएको छ। गत आइतवार र सोमवार दुईदिन चलेको कन्सुलर सेवाबाट ८७ जना नेपालीहरुले सेवा लिएको घुम्ति कन्सुलर सेवाको स्थानीय आयोजक नेप्लिज एसोसियसन अफ ह्युस्टन (एनएएच) का अध्यक्ष डा. विष्णु नेपालले हिमालय खबरलाई जानकारी गराएका छन्। नेपालीहरुको बसोबास बढी भएका ठूला सहरहरुमा नेपाली राजदूतावासबाट दिइने सेवाहरुलाई स्थानीय स्तर मै दिने उद्देश्यले स्थानीय संस्थाहरुसंगको समन्वयमा घुम्ति शिविर संचालन भएको हो।
‘डिसी वा न्युयोर्कसम्म जानै परेन, खर्च र समय दुबै बच्यो’, रवि खत्री र युवराज ओलीले हिमालय खबरलाई सुनाए। ‘पासपोर्ट नभएकोले कति अफ्ठ्यारो भएको थियो, यता नजिकै बनाउन पाइयो’, करिब तिनघण्टाको यात्रा गरेर घुम्ति शिविरमा सेवा लिन आएका नेपालमा दाङ जिल्ला घर भएका रवि र युवराज सहितका युवाहरुले खुसी साट्दै थिए। ‘चाहिने कागजपत्रहरु भएकोले खासै समय पनि लागेन, अब केही समयमा पासपोर्ट हात लाग्छ’, रवि खत्रीले भने।
राजदुतावासले दिने सेवा नेपाली समुदाय सम्मै पुगेर दिन दूतावास र स्थानीय नेपाली संस्थाहरुले गरेको अगुवाइको ह्युस्टनको समस्त नेपाली समुदायले प्रशंसा गरेको छ। ह्युस्टनमा पहिलो घुम्ति कन्सुलर सेवाको सफलता पश्चात यस्तो सेवा स्थायीरुपमा नै संचालन हुन सके नेपाली समुदायका लागि अझ सहज हुने प्रतिक्रिया सेवाग्राहीहरुबाट प्रशस्तै सुनिएको थियो। स्थायी सेवा संचालन नहुन्जेल कम्तिमा वर्षमा एकपटक घुम्तिप सेवा संचालन हुनुपर्ने माग ह्युस्टनको नेपाली समुदायले राजदूतवासको टोली समक्ष राखेको छ।
राजदूतावासको घुम्ति शिविर सफल बनाउन सहयोग पुऱ्याउने संघसंस्था र व्यक्तिहरुलाई एनएएचका अध्यक्ष डा. नेपालले धन्यवाद दिएका छन्। शिविर संचालनका लागि स्थान उपलव्ध गराउने एनएएचका सल्लाहकार एवं व्यवसायी ज्ञानेश्वर श्रेष्ठ, शिविर संचालनमा समन्वय गर्ने एनआरएनए अमेरिका अध्यक्ष सुनिल साह, महामहिम राजदूत लगायत राजदूतावासका अधिकारीहरुको स्थानीय आवास तथा यात्रा व्यवस्थापनमा सहयोगी, हस्पिट्यालिटी व्यवसायी एवं नेपाल पर्यटन पर्यटनदूत जगदिश काफ्ले, श्रीकृष्ण गौतम, बालकृष्ण बानियाँ, बच्चा तिवारी, एनएएचका सदस्य एवं पदाधिकारीहरु, स्वयंसेवीहरु, क्रियटिभ नेप्लिज सोसाइटी, गुल्मी समाज लगायतकालाई डा. नेपालले विशेष आभार प्रकट गरेका छन्।
 
महामहिम राजदुत डा. युवराज खतिवडासंग अन्तर्क्रिया 

एनएएचले महामहिम राजदुत डा. युवराज खतिवडालाई ह्युस्टनका नेपालीहरुको तर्फबाट स्वागत समारोह एवं रात्री भोजको आयोजना गरेको छ। साउथवेस्ट फ्रिवेस्थित एनएएचको कार्यालय परिसरमा आइतवार साँझ सम्पन्न स्वागत समारोहमा महामहिम राजदूतसंग स्थानीय नेपालीहरुको अन्तर्क्रिया कार्यक्रम समेत भएको थियो। एनएएचका उपाध्यक्ष द्रोण गौतमद्वारा संचालित स्वागत कार्यक्रममा ह्युस्टनको नेपाली समुदायका अगुवाहरु लगायत विभिन्न पेशा र तप्काका नेपालीहरुको सहभागिता रहेको थियो।
गैर आवासीय नेपाली नागरिकता वा नेपाली नागरिकताको निरन्तरता, राजदुतावाससंगको सम्पर्क/ समन्वय, कोरोना महामारीसंग सम्वन्धित सहयोगको लागि अमेरिकी सरकारसंगको समन्वय, नेपाली समुदायसंग दूतावासको नियमित सम्पर्क, एमसीसी कार्यान्वयन, एनआरएन कार्डको गुणस्तर र साइज, दोहोरो कर, नेपालमा लगानी लगायतका विषयमा सहभागी नेपालीहरुको जिज्ञासाको जवाफ सहज ढंगले दिएका राजदूत डा. खतिवडाले नेपाली समुदायसंग निरन्तर सम्पर्कमा रहेरै काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। अन्तरक्रिया पश्चात एनएएचले स्थानीय काठमाण्डु करी रेष्टुँरामा आयोजना गरेको रात्री भोजमा महामहिम राजदूत सहित दूतावासका अधिकारीहरु सरिक भएका थिए। रात्री भोजमा एनएएचका पदाधिकारी एवं ह्युस्टनका अग्रणी नेपाली व्यवसायीहरुको समेत सहभागिता रहेको आयोजकहरुले जानकारी गराएका छन्।
 
मेयर कार्यालयका व्यापार एवं अन्तराष्ट्रिय मामिला निर्देशक क्रिष्टोफर ओल्सनसंग भेटघाट
 
महामहिम राजदूत डा. खतिवडाले सिटी अफ ह्युस्टनका मेयर सिल्भेस्टर टर्नरको कार्यालयका व्यापार एवं अन्तराष्ट्रिय मामिला निर्देशक क्रिष्टोफर ओल्सनसंग भेटघाट गरेका छन्। भेटघाटमा नेपाली समुदायसंग सहकार्य गर्न मेयर कार्यालय उत्सुक रहेको जानकारी निर्देशक ओल्सनले गराएको सो भेटमा महामहिम राजदूतको समुहमा संलग्न पर्यटनदूत काफ्लेले हिमालय खबरलाई बताए।
यसैगरि महामहिम राजदूतले नेपाली व्यवसायीहरुसंग लन्च मिटिङ समेत गरेको एनएएचले हिमालय खबरलाई जानकारी गराएको छ। सो मिटिङमा महामहिमले नेपाली व्सवसायीहरुलाई नेपालमा लगानी गर्न अनुरोध गरेका थिए।
 
राजदूत खतिवडाद्वारा पशुपति मन्दिरमा पूजा-अर्चना
महामहिम राजदुत डा. खतिवडाले घुम्ति कन्सुलर सेवाका लागि ह्युस्टनमा रहेका बेला ह्युस्टनको नेपाली समुदायको पवित्रस्थल रिचमण्डस्थित पशुपति मन्दिरमा गएर पूजा-अर्चना गरेका छन्। मन्दिरका पुरोहित दिलीप शास्त्रीले धार्मिक विधीपूर्वक पूजा-अर्चना गराएका हुन्। मन्दिर परिसरमा महामहिम राजदूतलाई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दिनकर अमात्य , एनएएचका अध्यक्ष डा. विष्णु नेपाल र उपाध्यक्ष द्रोण गौतमले स्वागत गरेका थिए।