मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

नेजाको प्रेसिडेन्सिएल डिबेटको तयारी पुरा

नेजाको प्रेसिडेन्सिएल डिबेटको तयारी पुरा

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (अमेरिका) – नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले आउँदो आइतबार ड्यालसमा एनआरएनए अमेरिकाका अध्यक्षका उम्मेदवारहरुसँग ‘प्रेसिडेन्सियल डिबेट’ गर्न लागेको छ । कार्यक्रमको तयारी लगभग पुरा भएको नेजाले जनाएको छ ।
 
मे २३ तारिक आइतबार साँझ ५ बजेदेखि डिबेट आयोजना हुनेछ । अर्भिङको करिलिफ रेष्टुरेन्टमा हुने कार्यक्रमको हालसम्मको तयारीका बारेमा नेजाले सोमबार ड्यालसका नेजाका सदस्यहरुसँग छलफल कार्यक्रम गरेको छ । 
 
छलफलमा नेजाका कार्यवाहक अध्यक्ष विकासराज न्यौपाने, सचिव सुरज भण्डारी, क्षेत्रीय संयोजक रामचन्द्र भट्ट लगायतले अहिलेसम्मको प्रगति र योजनाका बारेमा जानकारी दिएका थिए । यसपटकको प्रेसिडेन्सियल डिबेटमा अध्यक्षका उम्मेदवारहरुलाई मात्र वहसमा आफ्नो नीति तथा कार्यक्रमका बारेमा बोल्न र प्रस्तुतिका लागि समय दिइने नेजाले जनाएको छ ।
 
अन्य पदका उम्मेदवारहरुलाई मन्तव्य राख्न, योजना तथा कार्यक्रमका बारेमा प्रस्तुति दिन समय दिँदा घण्टौँ लाग्ने भएकोले समय उपलव्ध नगराइने नेजाले स्पष्ट पारेको छ ।
 
नेजाले हरेक दुई वर्षमा हुने एनआरएनए अमेरिकाको निर्वाचनको सँघारमा अध्यक्षका उम्मेदवारहरुसँग वहश कार्यक्रम गर्दै आएको छ । यसपटक अध्यक्षमा चार जनाले उम्मेदवारी दिएका छन् । टेक्ससका डा. अर्जुन बञ्जाडे र कृष्ण लामिछाने तथा विन्सकन्सिनका बुद्धि सुवेदी र तिलक केसीले अध्यक्षमा उम्मेदवारी दिएका छन् । यसपटक चारसय भन्दा बढीले एनआरएन अमेरिका तथा च्याप्टरका बिभिन्न पदमा उम्मेदवारी दिएका छन् ।
नेजाका सदस्यहरु

नेजाका सदस्यहरु