मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

नेपालमा कोभिड उपचारका लागि अमेरिकामा साढे तीनलाख डलर संकलन

नेपालमा कोभिड उपचारका लागि अमेरिकामा साढे तीनलाख डलर संकलन

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टेक्सस (अमेरिका) – नेपालमा कोभिड प्रकोप बढ्दै गएपछि अमेरिकामा सञ्चालन भएको सहयोग संकलन अभियान अन्तरगत हालसम्म साढे तीनलाख लाख डलर जम्मा भैसकेको छ । 
 
बिभिन्न संस्थाहरूले खोलेको गोफण्ड–मी एकाउण्ट र फेसबुक फण्डरेजरको तथ्यांकलाइ एकीकृत गरि एसोसिएसन अफ नेप्लिज इन दी अमेरिकाज (एएनए) ले यो विवरण सार्वजनिक गरेको हो । एएनएका अनुसार बिभिन्न संस्थाहरूको सकृयतामा खुलेका १४  वटा यस्ता एकाउण्टहरू मार्फत सोमबार साँझसम्म तीनलाख ३५ हजार डलर संकलन भैसकेको छ ।
 
संस्थाका अध्यक्ष विजयराज भट्टराइका अनुसार सबै संस्थाहरूले उठाएको रकमको विवरण र सिधा लिङ्क एएनएको वेवसाइटको लिंक https://ana1983.org को होमपेजमा गएर हेर्न सकिन्छ । होमपेजमा आर्थिक संकलनको लाइभ अपडेट हुनेगरी COVID UPDATE थपेको छ। 
 
सबैभन्दा बढी रकम अमेरिका नेपाल मेडिकल फाउण्डेसनले उठाएको छ । यो संस्थाले दुइलाख डलरको लक्ष्य राखेकोमा सोमबारसम्म एकलाख ३० हजार जुटिसकेको छ ।
 
त्यस्तै नेपाल अमेरिका कम्युनिटी सेन्टरले अक्सिजन फर नेपाल अभियानबाट ४७ हजार एकसय ८१ डलर जुटाइसकेको छ । 
नेपालमा बढ्दो कोभिडको प्रभाव संगै विदेशबाट सरसहयोग गर्ने क्रम तीब्र भैरहेको छ । यस्तो अभियानको दुरूपयोग हुन नदिन र डुप्लिकेट समेत हुन नदिनका लागि एएनएले वेवसाइटमा सबैको डेटा एकीकृत गरेर यस्तो लिंक राखेको हो । 
 
त्यसो त गोफण्डमी र फेसबुक फण्ड रेजर बाहेक पनि अन्य धेरै संस्थाहरुले आन्तरिक रुपमा धेरै आर्थिक सङ्कलन गरेका छन । ओएनयुएफले पनि नेपालमा अक्सिजन प्लान्ट स्थापना गर्न भनेर आन्तरिक रुपमै  २० हजार डलर संकलन गरेको बताइएको छ । 

त्यसैगरी नेपाली समाज टेक्सासले पनि गोफण्ड–मी को अलावा आन्तरिक रुपमा लगभग २० हजार संकलन भैसकेको फेसबुक पोष्टबाट देखिन्छ। यसरी सार्वजनिक र आन्तरिक गरि करिब अमेरिकाबाट मात्र पाँच लाख भन्दा बढी आर्थिक संकलन भएको अनुमान छ । 
 
यो रकम लामो समयसम्म राख्नुको बदला छिटै नेपाल पठाएमा मात्र पीडितले चाँडो राहत प्राप्त गर्ने भट्टराइले बताए ।