मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

घुम्ती कन्सुलर शिविरमा २२५ लाई सेवा प्रदान

घुम्ती कन्सुलर शिविरमा २२५ लाई सेवा प्रदान


शेयर गर्नुहोस:

810
Shares

  • change font
  • change font
  • change font

ड्यालस, अमेरिका । ड्यालसमा सम्पन्न दुई दिने मोबाइल कन्सुलर सेवा शिविरमा २२५ नेपालीले सेवा लिएका छन् ।
 
नेपाली राजदूतावास वासिङ्गटन डिसीको आयोजनामा शुक्रबार र शनिबार दुई दिनसम्म भएको शिविरमा दुइसय २५ जनालाई विभिन्न प्रकारको सेवा प्रदान गरिएको दूतावासका अधिकारीले जानकारी दिएका छन् । नयाँ नेपाली राहदानी प्रदान, राहदानी नवीकरण, भिसा, ट्राभल डकुमेन्ट, पावर अफ एटर्नी, प्रमाणिकर लगायत कन्सुलर सेवा एकै ठाउँबाट प्रदान गरिएको थियो ।
 
ड्यालसमा सेवा लिनका लागि टेक्ससका सान एन्टेनियो, अस्टिन, लबकलगायत विभिन्न सहरहरुबाट ठूलो संख्यामा नेपालीहरुको उपस्थिती थियो । शिविरमा उत्साहजनक सहभागिता देखेर राजदूत डा. युवराज खतिवडालगायत दूतावासका कर्मचारीहरु निकै उत्साहित भएका थिए ।
ड्यालसमा नेपाली समुदायले देखाएको सकृयता देखेर राजदूत खतिवडा निकै प्रभावित भएका थिए । 

 
बिहीबार अपरान्ह ड्यालस झरेका डा। खतिवडा लगायतको टीम झण्डै तीन दिनसम्म निकै व्यस्त थिए । राजदूत खतिवडालाई अन्तरक्रिया, सम्मानमा सहभागी हुन भ्याई नभ्याई थियो ।
 
दूतावासले नेपाली समुदायले देखाएको सद्भाव, सक्रियता र आत्मीयता प्रति निकै प्रशंसा व्यक्त गरेको छ । शिविरमा डिसीस्थित दूतावासका नियोग उपप्रमुख कुमारराज खरेल, तृतीय सचिव जनक सिंह र राधारमण दुवे, कुमार श्रेष्ठ, रामजी दाहाल लगायतले सेवा प्रदान गरेका थिए ।
 
आइतबार सोमबार यस्तै प्रकारको मोबाइल कन्सुलर सेवा शिविर टेक्ससको अर्को ठूलो सहर ह्युस्टनमा हुँदैछ । दूतावासले सेवा आवश्यक पर्नेलाई शिविरमा सम्पर्क राख्नसमेत आग्रह गरेको छ । आइतबार बिहान १० देखि साँझ ५ बजेसम्म शिविर सञ्चालन हुनेछ ।   
 

Advertisement

शेयर गर्नुहोस:

810
Shares