मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

एनएसटी स्कुलका शिक्षक शिक्षिका सम्मानित

एनएसटी स्कुलका शिक्षक शिक्षिका सम्मानित

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टेक्सस (अमेरिका) – गैर आवासीय नेपाली संघ (एनआरएनए) टेक्सस च्याप्टरले नेपाली समाज टेक्सस (एनएसटी) द्वारा सञ्चालन भएको स्कुललाई सम्मान गरेको छ ।
 
शुक्रबार आयोजित एक कार्यक्रममा एनआरएनए टेक्सस च्याप्टरले नेपाली स्कुलका प्रिन्सिपल, शिक्षकहरुलाई सम्मान गरेको हो । अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले सम्मानित हुनेहरुलाई सम्मानपत्र हस्तान्तण गरेका थिए । 
 
सो अवसरमा स्कुलका प्रिन्सिपल विजयराज भट्टराई तथा शिक्षक शिक्षिकाहरु भोजबहादुर बलायर, सुशील चौधरी, श्रद्धा अधिकारी, बटुक विष्ट, पशुपति तिम्सिना र होम आचार्यलाई सम्मान गरिएको थियो । नेपाली समाज टेक्ससले सञ्चालन गरेको स्कुल नेपाल बाहिर रहेका नेपाली समुदायले सञ्चालन गरेको सबैभन्दा बढी संख्यामा विद्यार्थी रहेको स्कुल हो । गत सेशनम चारसय विद्यार्थीहरु भर्ना भएका थिए । 
 
सोही अवसरमा एनआरएन टेक्सस च्याप्टरले हिमालय खबर लगायत, युएसखबर, युएस नेपाल पोष्ट लगायत अनलाईनहरुलाई समेत सम्मानपत्र प्रदान गरेको थियो ।