अमेरिका समाचार

अमेरिकाको न्युजर्सीबाट हराएका अजय साह मृत भेटिए

अमेरिकाको न्युजर्सीबाट हराएका अजय साह मृत भेटिए


शेयर गर्नुहोस:

7.9k
Shares

  • change font
  • change font
  • change font

न्युयोर्क(अमेरिक)- गत जनवरीमा न्युजर्र्सी राज्यबाट हराएका अजय साहको शव फेला परेको छ । जर्सीबाट न्युयोर्क हिंडेका साहको शव न्युयोर्कको ब्रूकलिनको एङकोरेज नहरमा फेला परेको प्रहरीले जनाएको छ । 
 
नेपालको सिरहा घर भएका २२ बर्षीय साह न्युजर्सीको ड्रिउ विश्वविद्यालयमा पढ्दै थिए । साहको मृत्यको कारणबारे अझै अनुसन्धान जारी रहेको मोरिस काउन्टी कार्यालयले जनाएको छ । 
 
मार्च नौ तारिखमा नै साहको शव न्युयोर्क प्रहरीले फेला पारेको थियो । शवको पहिचान नभएपछि प्रहरी समेत अलमलमा थियो । पछि मोरिस काउन्टिमा खबर गरेपछि शव साहको भएको पत्ता लागेको हो ।
 

शेयर गर्नुहोस:

7.9k
Shares