मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

आज ड्यालसको नेपाली पाठशालाको दीक्षान्त

आज ड्यालसको नेपाली पाठशालाको दीक्षान्त

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 
ड्यालस (अमेरिका) । नेपाली समाज टेक्सासले सञ्चालन गर्दै अएको नेपाली पाठशालाले आज आइतवार दीक्षान्त समारोहको गर्ने भएको छ । 
 
दिउँसो १ बजे दीक्षान्त समारोहको आयोजना हुने पाठशालाका प्रिन्सिपल विजयराज भट्टराइले जानकारी दिए । गत जनवरी ९ वाट नेपाली पाठशालाको स्प्रिङ्ग सेसन शुरु भएको थियो ।
 
नेपाल बाहिर रहेका नेपालीहरुद्वारा संचालित संभवत सबैभन्दा ठुलो यो नेपाली पाठशाला सन् २००४ मा शुरुभएको थियो । 
पाठशालाको २०२१ स्प्रिङ्ग सेसनमा चारसय भन्दा बढी बिद्यार्थीहरु भर्ना भएका छन्। हरेक बिद्यार्थीहरुले भर्ना हुन प्रति बिषय प्रति बिद्यार्थी प्रति सेमेस्टर २० डलर शुल्क रहेको छ।
 
आइतबार दीक्षान्त समारोह पनि भर्चुअल माध्यमवाट नै हुने भट्टराइले जानकारी दिए। विद्यार्थीहरुले आफ्नो घरमै बसेर जुमबाटै आफ्नो प्रतिभाहरु प्रस्तुत गर्नेछन। उनीहरुले नाचगानका अतिरिक्त आफ्ना प्रतिभाहरु प्रस्तुत गर्नेछन् । 
 
यस पाठशालामा नेपाली लेख्ने, पढ्ने, नैतिक शिक्षा, पब्लिक स्पिकिङ्ग तथा लिडरशिप, योगा, वेबसाइट डिजाइन तथा डेभलपमेण्टका अतिरिक्त क्रियाकलाप नृत्य, गायन, कथा वाचन सवै कुराहरुको छुट्टाछुट्टै कक्षा संचालन गरिएको छ। स्कूल हप्ताको चार दिन ९शनिवार, आइतवार, मंगलवार र बिहिबार० संचालन हुदै आइरहेको छ।
 
कोरोना अघि भौतिक रुपमा कक्षाकोठामै पढाई हुने गरेको स्कूल कोरोना भाइरसका कारण गत २०२० मार्च देखि जुम प्रविधि प्रयोग गरेर भर्चुअल ९अनलाइन० बाट बालबालिकाहरुलाई पढाउँदै आएको छ।
 
स्कूलमा भोजबहादुर बलायर, सुशील चौधरी, डा। होम आचार्य, श्रद्धा अधिकारी, पशुपति तिम्सिना, र बटुक बिष्टले अध्यापन गराउँदै आएका थिए। केही हप्ताको ब्रेक पछि पुनस् अतिरिक्त कृयाकलाप समेत समेटिने गरी समर कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।