अमेरिका समाचार

चितवन समाज अमेरिकाको आयोजनामा न्युयोर्कमा रक्तदान कार्यक्रम हुंदै

चितवन समाज अमेरिकाको आयोजनामा न्युयोर्कमा रक्तदान कार्यक्रम हुंदै


शेयर गर्नुहोस:

594
Shares

  • change font
  • change font
  • change font

अमेरिका- चितवन समाज अमेरिकाको आयोजनामा न्युयोर्कमा रक्तदान कार्यक्रम हुने भएको छ । न्युयोर्कको क्वीन्सस्थित ज्याक्सन हाइट्स नजिकको सत्य नारायण मन्दिरमा यहि मे २ तारिखका दिन हुन लागेको रक्तदान कार्यक्रमको लागि अग्रिम बुकिङ गर्न चितवन समाज अमेरिकाले अनुरोध गरेको छ ।

कोभिड १९ कारण रगत अभाव भइरहेकोले न्युयोर्क ब्लड सेन्टरले ब्लड इमर्जेन्सी नै घोषणा गरिसकेको अवस्थामा रक्तदान कार्यक्रमको आयोजना गरी मानवीय कार्यमा टेवा पुर्याउन लागिएको समाजका अध्यक्ष शिवकमल पौडेलले जानकारी दिए । रक्तदान जस्तो पवित्र कार्यमा सहभागि भई पुण्य कार्यमा सहयोग गर्नपनि समाजका तर्फबाट अनुरोध गरिएको छ । रक्तदानकोलागि पहिले नै अपोइण्टमेण्ट लिएमा सजिलो हुनेछ ।

Advertisement

विहान ११ बजेदेखि  साँझ ५ बजेसम्म हुने रक्तदान कार्यक्रमका लागि अपोइन्टमेन्ट नलिएकापनि सहभागि हुन सक्नेछन । रक्तदान हुने स्थानको ठेगाना ७५–१५ उडसाइड एभिन्यु एल्महष्र्ट न्युयोर्क ११३७३ रहेको छ । रक्तदान कार्यक्रमको लागि सम्पुर्ण तयारी पुरा भइसकेको समाजका अध्यक्ष पौडेलको दावी छ । 

शेयर गर्नुहोस:

594
Shares