अमेरिका समाचार

अमेरिकाले आफ्ना नागरिकलाई भन्यो, नेपाल यात्रा तत्काललाई पुर्नविचार गर

अमेरिकाले आफ्ना नागरिकलाई भन्यो, नेपाल यात्रा तत्काललाई पुर्नविचार गर


शेयर गर्नुहोस:

7.3k
Shares

  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकाले आफ्ना नागरिकलाई तत्काल नेपाल यात्रालाई पुर्नविचार गर्न वा जानै परे पुर्ण सतर्कता अपनाउन सुझाव दिएको छ ।
 
भारत, नेपाल लगायतका देशमा कोभिड १९ को दोस्रो लहर देखिएको हुदां अमेरिकाको स्टेट डिर्पाटमेण्टले अमेरिकी नागरिकका लागि यस्तो ट्राभल एड्भाईजरी जारी गरेको हो ।

अमेरिकी सरकारको  ट्राभल एडभाईजरीमा नेपाल जोखिमको सुचीमा  ३ नम्बरमा परेको छ । यो भन्दा माथि ४  नम्बर भनेको डु नट ट्राभल भन्ने हो । साता यता नेपालमा कोभिड १९ वढ्न थालेपछि कयौंले नेपाल यात्रा रद्द गरेका छन् ।
 
अमेरिका सरकारले भारतका नागरिकलाई भने अमेरिका यात्रामा प्रतिवन्ध लगाउने घोषणा गरेको छ । मे ४ मंगलवार देखि लागु हुने गरी वाइडेन प्रशासनले उक्त निर्णय गरेको हो ।  ह्वाइट  हाउसका प्रवक्ताले शुक्रवार उक्त जानकारी सार्वजनिक दिएकी हुन् ।

Advertisement
भारतमा दोस्रो लहरको कोभिड महामारी देखिएपछि अमेरिकाले यो प्रतिवन्ध लगाएको हो । अमेरिका सरकारले केही दिन अघि जारी गरेको सुचनामा आफ्ना नागरिकलाई तत्काल भारत छाड्न सुझाव दिएको थियो ।
 
भारतमा अहिले कोभिडको महामारी छ । अस्पताल विरामीले भरिएका छन् । जीवन रक्षक अक्सिजनको कमी छ । कोभिड १९ वाट मर्नेको संख्या पनि वढेको छ । यही कारण अमेरिकाले आफ्ना नागरिकलाई भारत यात्रा नगर्न भनेको छ । ट्राभल एड्भाईजरीमा भारतलाई ४ नम्बरमा राखेको छ । अमेरिकाको यो निर्णयले भारत भई नेपाल आउने जाने गर्नेलाई पनि असर पर्ने छ ।
 
अमेरिकामा भने अहिले कोभिड १९ विरामी  घटेको छ । म्याक्सिन लगाउने संख्यामा बृद्धिसगंै कोभिड १९ प्रभावितको संख्या कम भएको हो । अहिलेसम्म अमेरिकामा करिव १० करोडले दुवै चरणको म्याक्सिन लगाएको वताईएको छ । 

शेयर गर्नुहोस:

7.3k
Shares