युलेस (टेक्सस) । नेपाली समाजसेवी टीका पौडेलको उमेदवारीले युलेस सिटीको चुनावी चहलकदमी निकै बढेको छ । युलेस प्लेस ६ सिटी काउन्सिलरको लागि प्रतिस्पर्धा गरिरहेका टीका पौडेलले जित्ने निकै ठूलो सम्भावना देखिएको छ ।
नजिकबाट प्रारम्भिक मतदानलाई नियाल्नेहरुका अनुसार अहिलेसम्म टीका पौडेलको जीत निश्चित जस्तै छ । मे १ मा हुने अन्तिम मतदान नै निर्णायक हुनेछ । ठूलो संख्यामा नेपाली मतदाताहरुले अझै मतदान नगरिसकेको अवस्थामा टीका पौडेलको विजय यसैमा निर्भर रहेको जानकारहरु बताउँछन् । उनीहरुका अनुसार सबे नेपालीले मतदान गर्ने हो भने टीका पौडेलले जित्नेछन्, होइन भने गाह्रो हुनेछ ।
उपरोक्त विश्लेषणका आधारमा नेपाली समाजमै सेवा पुर्याइरहेको एक सदस्य संस्थाका हैसियतले हिमालय खबर सबै नेपालीलाई मे १ शनिबारका दिन मतदान गर्नुहुन अपिल गर्दछ ।
प्रतिक्रिया