मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अर्थशास्त्री तथा समाजशास्त्री ढकाल विषयगत विज्ञमा नियुक्त

अर्थशास्त्री तथा समाजशास्त्री ढकाल विषयगत विज्ञमा नियुक्त

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टेक्सस, अमेरिका । चितवन स्थायी घर भई हाल टेक्ससको डलासमा बस्दै आएका धनञ्जय ढकाललाई नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विषयगत विज्ञका रुपमा नियुक्त गरिएको छ । 
 
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) ३६ (१) अनुसार ढकाललाई गत महिना हरिहर विरही संयोजक रहेको नेपाली कांग्रेसको आदर्श र सिद्धान्तको कार्यान्वयन विषयगत समितिको विज्ञका रुपमा नियुक्त गरिएको नेपाली कांग्रेसका उपसभापति तथा प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिद्वारा हस्ताक्षरित पत्रमा जनाइएको छ । 
 
ढकाललाई दिइएको सो पत्रमा प्रतिष्ठान प्रमुख, कार्यकारी निर्देशक, नीति निर्देशक तथा विषय संयोजकको समन्वयमा रही सम्बन्धित पार्टीको नीति निर्माणमा सहयोग पु¥याउन अनुरोध पनि गरिएको छ । 
 
विश्व सञ्जाल जनसम्पर्क समितिको सल्लाहकारका रुपमा कार्यरत ढकालले सो पत्र प्राप्त गरेपछि नेपाली कांग्रेस पार्टीले आफूले विगतमा गरेको योगदानको कदर गरेकोमा खुसी व्यक्त गर्दै आफूले पार्टीको आदर्श र सिद्धान्त बमोजिम कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । 
 
कृषि विषयमा स्नातक ढकालले अर्थशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् ।