मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

जिपीके फाउण्डेसनको पहिलो चरणको खोप अभियान सम्पन्न

जिपीके फाउण्डेसनको पहिलो चरणको खोप अभियान सम्पन्न

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हिमालय खबर, न्युयोर्क- 
कोभिड १९ को खोप अभियान सञ्चालन गरिरहेको गिरिजा प्रसाद कोईराला फाउन्डेशनले पहिलो चरण सम्पन्न भएको जानकारी दिएको छ । फाउण्डेसनका अध्यक्ष सोमनाथ घिमिरेले दिएको जानकारी अनुसार २४ अप्रिलमा पहिलो चरणको अन्तिम खोप अभियान सकिएको हो । सो बेला ७७ जनाले खोप लगाएका थिए । संस्थाले क्विन्स हस्पिटल जमैकासँग समन्वय गरी यसरी खोप अभियान चलाएको थियो । 
 
खोप अभियानका लागि फाउन्डेशनका कार्यवाहक अध्यक्ष सुवर्ण लामा, महासचिव छिरिंग राप्के लामा, कार्यसमिती सदस्य एवं प्रवक्ता रामचन्द्र अधिकारी, सदस्य ध्रुव कुँवर क्षेत्री, समाजसेवी काँग्रेस सोलुखुम्वुका युवा नेता विजय थुलुंग, दुर्लभ मगर र विशाल वुढामगर खटिएको अध्यक्ष घिमिरेले बताए । हस्पिटल प्रशासनको सहयोगमा आगन्तुकहरूलाई लाईन व्यवस्थापन गर्ने, अनलाईन फारम भरीदिने, भाषिक समस्यामा सहजीकरण गर्ने जस्ता कामहरूमा फाउन्डेशनका स्वयंसेवीहरूले भुमीका निर्वाह गरेका थिए । 
क्विन्स अस्पताल जमैकाले हरेक शनिवारको लागि फाउन्डेशनलाई ५०० जनाको लागि खोप उपलब्ध भएको थियो । अप्रील महिनाभर हरेक शनिवार निरन्तर खोप कार्यक्रम संचालन भएको थियो । फाउण्डेसनको दावी अनुसार अमेरिकामा एकमुष्ट र वृहत तरिकाले एकैथलोमा खोप लगाउन सफल जिपीके फाउण्डेसननै संभवत पहिलो संस्था हो । 
 
फाउण्डेसनले विभिन्न नेपाली समुदायसँग समन्वय गरी फारम वितरण गरेको र फाराम भराइ नामावली संकलन गरीएको र सोही अनुसार खोप लगाईएको थियो । फाउण्डेसनको समन्वयमा ९०० जना भन्दा धेरैले खोप लगाएको बताइएको छ । क्विन्स अस्पतालमा नेपाली समुदायका लागी छुट्टै सहायता केन्द्र स्थापना गरिएको र सो डेस्कमा स्टेफन मनरो, सरोजिनी कुमार, डाक्टर राव र ग्रेगरी महावीको विशेष सहायता टोली रहेको थियो । 
 
क्विन्स अस्पतालका समुदाय वोर्ड सल्लाहाकार समितिका अध्यक्ष एवं क्विन्स डेमोक्रेटिक डिस्ट्रिक्ट लिडर डाक्टर एन्थोनी एन्ड्रीयुज जुनियरले फाउन्डेशनसँग हातेमालो गर्दै समुदायस्तरमा खोप अभियान संचालन गर्न पाएकोमा प्रशन्नता व्यक्त गरेका थिए । फाउण्डेसनको अभियानमा शेर्पा किदुग अमेरीका, अधिकार र घ्याल्सुम्दो सेवा संस्था अमेरीकाको समेत सहयोग रहेको थियो ।