मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकी जनगणना २०२० को नतिजा सार्वजनिक

अमेरिकी जनगणना २०२० को नतिजा सार्वजनिक

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका– अमेरिकी सेन्सस व्यूरोले सन् २०२० मा संचालन गरेको जनगणनाको नतिजा आज सार्वजनिक गरेको छ। यूएस सेन्सस व्यूररोका कार्यवाहक निर्देशक रोन जर्मिनले अप्रिल १, २०२० का दिनसम्म अमेरिकामा बसिरहेका जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ रहेको तथ्याङ्क सार्वजनिक गरेका हुन्। यो पटकको जनगणनामा अमेरिकी इतिहासकै दोश्रो कम जनसंख्या बृद्धि भएको पाइएको छ।

सन् २०१०-२०२० सम्म ७.४ प्रतिशत जनसंख्या बृद्धि भएको हो। २०००-२०१० का बिचमा ९.७% बृद्धि भएको जनसंख्या यो पटक त्यो भन्दा २.३ प्रतिशतले कम बृद्धि भएको हो। ताजा तथ्याङ्क अनुसार क्यालिफोर्निया सबभन्दा बढी जनस्ख्या भएको राज्यमा कायम नै रहेको छ भने टेक्सस, फ्लोरिडा र न्यूयोर्क त्यसपछि बढी जनस्ख्या भएका राज्यमा यथावत नै रहेका छन्। वेमिङ पाँच लाख ७६ हजार जनसंख्या सहित सबभन्दा कम जनसंख्या भएको राज्य भएको छ।

यो पटकको सेन्ससले सन् २०२२ मा हुने अमेरिकी संसदको चुनावमा प्रभाव पार्ने भएको छ। जनसंख्याका आधारमा अमेरिकी संसदको तल्लो सदन ( हाउस अफ रेप्रिजन्टेटिभ) को सिट निर्धारण हुने भएकाले यो पटकको जनगणानाले टेक्ससले दुई सिट थप पाउने भएको छ भने फ्लोरिडा, कोलोराडो, मोण्टाना, ओरिगन र नर्थ क्यारोलाइनाले थप एक/एक जना प्रतिनिधि हाउसमा पठाउन पाउने भएका छन्।

अमेरिकी हाउसमा सबभन्दा बढी ५३ जनाको प्रतिनिधित्व हुने गरेको क्यालिफोर्नियाले एक सिट गुमाउने भएको छ र आगामी २०२२ देखि ५२ सिटमा मात्र आफ्नो प्रतिनिधि पठाउन पाउने छ। यसैगरी न्यूयोर्क, पेन्सलभेनिया, मिसिगन, आहायो, वेष्ट भर्जिनिया र इलनोयले एक/एक सिट गुमाउने भएका छन्। टेक्सस लगायत दक्षिणी राज्यहरुमा जनसंख्या बढेको छ भने क्यालिफोर्निया, न्यूयोर्क लगायतका राज्यहरुमा जनसंख्या घटेको पाइएको छ। कोरोना महामारीका बेला समेत टेक्सस लगायतका राज्यहरुमा मान्छेहरुको आन्तरिक बसाईं सराई बढेको पाइन्छ। सस्तो घर र सस्तो जीवन-यापन खर्चका कारण मान्छेहरुको रोजाईमा टेक्सस परेको हुनसक्ने अनुमान गरिएको छ।

(जनगणनाको विस्तृत विवरण पछि समावेश गरिने छ- सम्पादक), स्रोत- यूएस सेन्सस व्यूरो