मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

सीटी काउन्सिलका उमेदवारको समर्थनमा नेपालीको सांस्कृतिक कार्यक्रम

सीटी काउन्सिलका उमेदवारको समर्थनमा नेपालीको सांस्कृतिक कार्यक्रम

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- न्युयोर्कको सिटी काउन्सिलका उमेदवार यि एण्डी चेनको समर्थनमा नेपाली समुदायले एक भव्य कार्यक्रम गरेको छ । सिटी काउन्सिल डिस्ट्रिक्ट २५ का उम्मेदवार चेनको समर्थनमा पहिलेदेखि विभिन्न कार्यक्रम गर्दै आएको नेपाली समुदायले अप्रिल १७ तारिखका दिन न्युयोर्कको ज्याक्सन हाईट्सको डाइभर्सीटी प्लाजामा नारा जुलुस सहित सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो ।
 
समर्थन कार्यक्रममा हेवेन्ली पाथ अमेरिकाकी सभापति सुकु रुम्दाली राईको समुहले उम्मेदवार चेनलाई नेपाली ढाका टोपी, व्याज, माला र खादा लगाई सम्मान सहित ज्याक्सन हाइट परिक्रमा गराएको थियो । एण्डी चेनका सहायक क्याम्पेन म्यानेजर दिपेन्द्र लामाले नेपाली र अंग्रेजी दुबै भाषामा कार्यक्रम संचालन गर्दै चेनको समर्थनमा लाग्नुको कारणबारे नेपाली समुदायलाई अमेरिकी राजनीतिमा उत्प्रेरित गर्ने तथा नेपाली सामुदायिक भवन निर्माणमा सहयोग जुटाउन, सरकारी निकायमा नेपालीको प्रतिनिधित्व गराउने जस्ता आर्थिक बिकास र पहिचान स्थापित गराउनु रहेको जानकारी गराएका थिए । नेप्लिज अमेरिकन प्रोग्राम मेनेजर सुजना राईले स्वागत मन्तव्य राख्दै उमेदवार चेन नेपालीका लागि मात्र नभई डिष्ट्रिक २५ मा बस्ने सबैका लागि उत्तम व्यक्ति र सबैका हकहितमा काम गर्न सक्ने रहेको बताएकी थिइन् । 
 
त्यसैगरी डिष्ट्रक २५का सिटी काउन्सील उम्मेदवार यि एण्डी चेन जिताउ अभियान अन्तर्गत नेपाली समुदायका लागि एक सय एक सदस्यीय प्रचार प्रसार समिति गठन गरिएको छ । सो अभियानका संयोजकमा नेपाली समुदायका अगुवा केशब राम राई रहेका छन ।
 
सो कार्यक्रमका अध्यक्ष एवं प्रचार प्रसार समितिका संयोजक राईले उमेदवार चेनले नेपाली समसदायको  लागि धेरै कार्यमा सहयोग गर्दै आएको बताएका थिए उनका अनुसार चेनले रहेक हप्ता खाना बितरण, खेलाडीहरुलाई प्रोत्साहन स्वरुप खेल सामग्री वितरण, सर्वसाधारणहरुलाई लत्ता–कपडा बाँड्ने जस्ता कार्य गर्दै आएका छन । 
 
कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुकोपनि उपस्थिति रहेको थियो । कार्यक्रममा एनआरएनएका संरक्षक नविन शेरचन, जनसम्पर्क समितिका सभापति आनन्द बिष्ट, नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाका अध्यक्ष लोक चेम्जोङ, प्रवासी नेपाली एकता मंचका अध्यक्ष टेक गुरुङ तथा बरिष्ठ उपाध्यक्ष यम मोक्तान लगायतले चेनको समर्थन गर्दै प्रतिबद्धता पनि जनाएका थिए । 
 
त्यसैगरि कार्यक्रममा बोल्दै उमेदवार चेनले नेपाली समुदायबाट यस्तो भव्य कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गर्दै धन्यवाद दिएका थिए । उनले अहिले कोरोना महमारीका कारण सबै प्रभावित भएको, धेरैको व्यवसायमा समस्या देखिएका तथा पछिल्लो समयमा ‘एसियन हेट’ को समस्या ज्यादै बढेको भन्दै सबै मिलेर यो समस्या समाधानका लागि लाग्नु पर्ने बताए । चेनले संसारको जुन सुकै कुनाबाट आएर अमेरिकामा बसेको भए पनि सबै मिलेर बस्नु पर्ने र सबै मिलेर कम्युनिटीको हितमा काम गर्नुपर्नेमा जोड दिए । 
 
उनले नेपाली भाषा, संस्कृति, संस्कार संरक्षण मात्र नभई बिभिन्न सरकारी निकायमा सहजताको लागि नेपाली सामुदायिक भवन निर्माण गर्ने, सरकारी निकायमा प्रतिनिधित्व गराउनको निम्ति कम्तिमा एकजना कार्यलयको प्रशासनमा नियुक्ति दिने, आर्थिक बिकासका लागि कार्यक्रमहरु आयोजना गरि साना ब्यबसायहरुलाई सहयोग गर्ने र नेपालीहरुका लागि अमेरिकामा अमेरिकी सरकारसंग नेपाल डे घोषणा गर्न पहल गरिएको र यहि बर्षको अन्त्य सम्ममा बिल पास गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा गायिका बसन्ती राई र सुवर्ण शाक्यले विभिन्न गीत सुनाएका थिए भने रोशन राई र फुर्साङ्ग तामाङले नृत्य  प्रस्तुत गरेका थिए ।