मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

यूलेसमा टिका पौडेलको अनुरोध अर्लि मतदान गरौं

यूलेसमा टिका पौडेलको अनुरोध अर्लि मतदान गरौं

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका – टेक्सस यूलेस सिटी काउन्सिल सदश्यमा उम्मेदवारी दिएका टिका पौडेलले यूलेसमा वस्ने नेपाली समुदायका मतदातालाई अग्रिम मतदान (अर्लि भोट) गर्न अनुरोध गरेका छन् । 
 
आउने अप्रिल २७, मंगलवारसम्म अर्लि भोट गर्ने समय छ । मे एक चुनावको दिन हो । चुनावकै दिन आएर भिडभाड गर्नु भन्दा अग्रिम मतदान गर्न म अनुरोध गर्छु टिकाले हिमालयखवरसंग भने नेपाली समुदाय मत खसाल्न अन्तिम समयमा एकै पटक आउंदा मलाई पनि हतार हतार हुन्छ नेपाली समुदायले पहिले नै (अर्लि भोट) भोट हालिदिनुभयो भने मैले अन्तिम तिर, अन्य समुदायका सदश्यलाई समय दिन सक्छु । 
 
अर्लि भोटमा करिव ४०  जना नेपाली मुलका अमेरिकी मतदाताले मात्र भोट खसालिसकेको अनुमान छ । 
 
यूलेस सिटीमा करिव ५०० जना नेपाली मुलका मतदाता छन् । यो सिटीमा करिव ८००० नेपाली वस्ने अनुमान छ । करिव ५०० सय नेपालीका घर भएको अनुमान छ । अमेरिकी नागरिकता लिएकाले मात्र मतदान गर्न पाउंछन् । दोहोरो नागरिकताको नहुदां कयौं नेपालीले अमेरिकी नागरिकता लिएका छैनन । ग्रिनकार्ड हुनेले मत हाल्न पाउंदैनन् । 
यदी नेपालीले दोहोरो नागरिकता राख्न पाउने हो भने हामीले यो सिटीमा मेयर नै जित्ने थियौं टिकाले भने । 
 
समुदायवाट आफुले सोचभन्दा पनि वढी सहयोग पाएको टिकाले वताए । अर्लि मतदान भईरहेको  ३०० वेष्ट मिड वे ड्राइभ, यूलेस फेमली लाइफ सिनियर सेन्टर भवन अगाडी टेण्ट राखेर प्रचार प्रसारमा सकृय अवस्था रहेको टिका आफुले जित्ने वताउंछन् । प्रचार प्रसारमा नेपाली समुदायले पनि सकृय सहयोग गरिरहेका छन् । म जित्छु टिकाले भने । 
 
सिटी काउन्सिलले स्थानिय सुरक्षा, पार्क , पुर्वाधार निमार्ण लगायतमा पोलोसीको काम गर्छ । सिटी काउन्सिलमा मेयर लगायत ७ जना सदश्य हुन्छन् । नेपाली समुदायले वनाउने लागेको नेपाली मन्दिर पनि यही यूलेस सिटीमा पर्छ ।
 
यो सिटीमा नेपाली समुदाय पनि वस्छन है भनेर चिनाउन आवश्यक रहेको टिकाले वताए त्यही भएर मैले उम्मेदवारी दिएको हुं । मैले जित्दा यो सिटीमा वस्ने नेपाली समुदायलाई काम गर्न सजिलो हुने टिकाले वताए ।