मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

दुतावासद्वारा टेक्ससका दुई शहरमा घुम्ती शिविर हुँदै

दुतावासद्वारा टेक्ससका दुई शहरमा घुम्ती शिविर हुँदै

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टेक्सस (अमेरिका)- नेपाली दुतावास वासिंगटन डिसीको आयोजनामा ड्यालस र ह्युस्टनमा आउँदो महिना घुम्ती शिविर हुने भएको छ ।
 
दुतावासद्वारा जारी कार्यक्रम अनुसार ड्यालसमा मे १४ र १५ तथा ह्युस्टनमा १६ र १७ तारिक घुम्ती शिविर हुनेछ । नेपाली दुतावास डिसीबाट प्रदान हुँदै आएको मुख्यमुख्य सेवाहरु शिविरमा प्रदान गरिनेछ । 
 
पासपोर्ट नविकरण, नयाँ आवेदन, मंजुरीनामा, एनआरएनए कार्ड, वारेसनामा, भिसा, ट्राभल डकुमेन्ट लगायतका सेवाहरु शिविरमा प्रदान गरिने जनाइएको छ ।
 
ड्यालसमा अर्भिंगस्थित पशुपतिनाथ तथा बुद्ध मन्दिरमा दुई दिनसम्म शिविर चल्नेछ ।
 
सेवा आवश्यक पर्ने नेपाली तथा विदेशी नागरिकहरुले शिविरमा सम्पर्क राख्न समेत दुतावासले अनुरोध गरेको छ । 
 
ड्यालसमा नवनियुक्त राजदुत डा. युवराज खतिवडाको उपस्थितिमा आर्थिक कुटनीति संबन्धि कार्यक्रम समेत हुनेछ ।