मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

जर्ज फ्ल्योइडको हत्याको आरोप लागेका मिनियापोलिसका पूर्व प्रहरी शोभ्यान दोषी ठहर

जर्ज फ्ल्योइडको हत्याको आरोप लागेका मिनियापोलिसका पूर्व प्रहरी शोभ्यान दोषी ठहर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकाको मिनियापोलिसका जर्ज फ्ल्योइडको हत्याको आरोप लागेका पूर्व प्रहरी अधिकारी डरेक शोभ्यानलाई अदालतले दोषी ठहर गरेको छ । अदालतको जुरीले फ्ल्योइडको हत्याको सबै आरोपमा पूर्व प्रहरी शोभ्यानलाई दोषी मानेको हो । न्यायाधीशहरुले शोभ्यानलाई दोस्रो, तेस्रो डिग्री हत्या तथा दोस्रो डिग्री मन्सल्टमा दोषी पाएका हुन । दोषी माथी कति बर्ष सम्मको कारागार सजायँ हुनेबारे पछि फैसला हुनेछ । तर ४० बर्षसम्म उनी जेल पर्नसक्ने अनुमान गरिएको छ । 
 
अदालतको फैसला आइरहंदा दोषी शोभ्म्यानले खैरो सुट, निलो टाइ लगाएका थिए । अदालतको फैसलापछि फ्लोइडका भाइ कामीरहेका थिए भने पछि रुन थालेका थिए । अश्वेतमाथी अन्याय हुने गरेको भएपनि अदालतलको फैसलाले न्याय मिलेको बताए । 
 
राष्ट्रपति बाइडेनद्वारा खुशी व्यक्त जर्ज फ्लोइडको हत्याको आरोपमा पूर्व प्रहरी अधिकृत शोभ्म्यान दोषी ठहर भएपछि राष्ट्रपति जो बाइडेनले खुशी व्यक्त गरेका छन । ह्वाइट हाउसमा बोल्दै अमेरिकालाई एकजुट हुन आग्रह गरेका छन । त्यसैगरि उपराष्ट्रपति कमला ह्यारिसले पनि अदालतको फैसला न्यायसंगत भएको प्रतिक्रिया दिएकी छन ।  
 
गत बर्षको मे २५ तारिखमा मिनियापोलिसमा जर्ज फ्लोइडलाई जमिनमा लडाएर नौ मिनेट सम्म घुंडाले घांटीमा थिचेका थिए । सो बेला फ्लोइडल्े मैले सास फेर्न सकेको छैन भनीरहेको भिडियो भाइरल भएको थियो 
 
फ्लोइडको हत्यापछि अमेरिकाभरी हिंशात्मक विरोध प्रदर्शन भएको थियो । अफ्रिकन अमेरिकीहरुमाथी अन्याय भएको भन्दै संसारभरी नै विरोध भएको थियो भने ब्ल्याक लाइफ म्याटर भन्ने आन्दोलन नै विश्वव्यापी बनेको थियो ।