मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकाका पूर्वी तटीय राज्यहरुमा लामिछानेको चुनावी प्रचारप्रसार जारी

अमेरिकाका पूर्वी तटीय राज्यहरुमा लामिछानेको चुनावी प्रचारप्रसार जारी

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भर्जिनिया (अमेरिका) । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आगामी निर्वाचनमा अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका टेक्ससका कृष्ण लामिछानेले शनिबार र आइतबार अमेरिकाको पूर्वी राज्यहरुमा नेपाली समुदायसँग भेटघाट र अन्तरक्रिया गरेका छन् ।

लामिछानेले शनिबार भर्जिनिया र आइतबार मेरिल्याण्डमा रहेका नेपाली समुदायसँग भेटेर एनआरएनए अमेरिकाको भावी योजना र कार्यक्रमको खाका प्रस्तुत गरेका छन् । लामिछानेका साथमा महासचिवका उम्मेदवार विनोद भट्टलगायतका अन्य उम्मेदवारहरु पनि सहभागी थिए ।

 
त्यस अवसरमा लामिछानेले एनआरएन अमेरिकालाई एलिट वर्गको संस्था नबनाई अमेरिकामा रहेका सबै नेपाली, सबै उमेरका नेपाली, सबै वर्गका नेपालीको संंस्था बनाउने घोषणा गरे । लामिछानेले एनआरएनएलाई मर्दा र पर्दाको सहयोगी बनाउने प्रण पनि गरे । 

सोही अवसरमा महासचिवका उम्मेदवार भट्टले आउँदो दुई वर्ष आफूले एनआरएनए अमेरिकाका लागि छुट्याएको घोषणा गर्दै हारे पनि र जिते पनि संस्थामा निरन्तर सक्रिय रहिरहने बताए । ‘हामीले अहिलेसम्म एनआरएनएमा सदस्य होइन, मतदातामात्र बनाउने पद्धति बसायौँ । अब सदस्य बनाउनुपर्छ, आफ्नो छोरीको समुहलाई आकर्षित गर्नका लागि संस्थाले कार्यक्रम ल्याउनुपर्छ’ उनको भनाइ थियो । 
 
एनआरएन अमेरिकाको अध्यक्षका बलिया उम्मेदवार लामिछानेले अघिल्लो सातामात्र युटा, नेभेडा लगायतका राज्यहरुको भ्रमण गरेर स्थानीय नेपाली समुदायसँग भेटघाट गरेका थिए ।