अमेरिका समाचार

अमेरिकाका पूर्वी तटीय राज्यहरुमा लामिछानेको चुनावी प्रचारप्रसार जारी

अमेरिकाका पूर्वी तटीय राज्यहरुमा लामिछानेको चुनावी प्रचारप्रसार जारी


शेयर गर्नुहोस:

1.4k
Shares

  • change font
  • change font
  • change font

भर्जिनिया (अमेरिका) । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आगामी निर्वाचनमा अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका टेक्ससका कृष्ण लामिछानेले शनिबार र आइतबार अमेरिकाको पूर्वी राज्यहरुमा नेपाली समुदायसँग भेटघाट र अन्तरक्रिया गरेका छन् ।

लामिछानेले शनिबार भर्जिनिया र आइतबार मेरिल्याण्डमा रहेका नेपाली समुदायसँग भेटेर एनआरएनए अमेरिकाको भावी योजना र कार्यक्रमको खाका प्रस्तुत गरेका छन् । लामिछानेका साथमा महासचिवका उम्मेदवार विनोद भट्टलगायतका अन्य उम्मेदवारहरु पनि सहभागी थिए ।

Advertisement
 
त्यस अवसरमा लामिछानेले एनआरएन अमेरिकालाई एलिट वर्गको संस्था नबनाई अमेरिकामा रहेका सबै नेपाली, सबै उमेरका नेपाली, सबै वर्गका नेपालीको संंस्था बनाउने घोषणा गरे । लामिछानेले एनआरएनएलाई मर्दा र पर्दाको सहयोगी बनाउने प्रण पनि गरे । 

सोही अवसरमा महासचिवका उम्मेदवार भट्टले आउँदो दुई वर्ष आफूले एनआरएनए अमेरिकाका लागि छुट्याएको घोषणा गर्दै हारे पनि र जिते पनि संस्थामा निरन्तर सक्रिय रहिरहने बताए । ‘हामीले अहिलेसम्म एनआरएनएमा सदस्य होइन, मतदातामात्र बनाउने पद्धति बसायौँ । अब सदस्य बनाउनुपर्छ, आफ्नो छोरीको समुहलाई आकर्षित गर्नका लागि संस्थाले कार्यक्रम ल्याउनुपर्छ’ उनको भनाइ थियो । 
 
एनआरएन अमेरिकाको अध्यक्षका बलिया उम्मेदवार लामिछानेले अघिल्लो सातामात्र युटा, नेभेडा लगायतका राज्यहरुको भ्रमण गरेर स्थानीय नेपाली समुदायसँग भेटघाट गरेका थिए ।
 

शेयर गर्नुहोस:

1.4k
Shares