मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

जिपीके फाउण्डेसन अमेरिका च्याप्टरको कार्यसमिति पुनर्गठन

जिपीके फाउण्डेसन अमेरिका च्याप्टरको कार्यसमिति पुनर्गठन

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क (अमेरिका)- गिरिजा प्रसाद कोइराला फाउण्डेसन अमेरिका च्याप्टरमा नयाँ कार्यसमिति बनाइएको छ । फाउण्डेसनको विधान अनुसार अमेरिका च्याप्टरमा सन् २०२१–२०२४ कार्यकालको लागि ५ सल्लाहाकार र १३ सदस्यीय कार्यसमिती बनाइएको हो । सो कार्यसमितिलाई अमेरिकाको तदर्थ समितिले सिफारिस गरी पठाएको र सोहीलाई केन्द्रिय अध्यक्ष सुजाता कोइरालाले अनुमोदन गर्नु भएको नवगठित समितिका अध्यक्ष सोमनाथ घिमिरेले जनाएका छन । समितिको सल्लाहकारहरुमा डाक्टर केशव भट्टराई, डाक्टर राजन पन्त, ऐलाना बरमन, अधिवक्ता जोन जे मुलोहल्याण्ड जुनियर र अधिवक्ता लारा ग्रेगोरी रहेका छन । 
त्यसैगरि १३ सदस्यीय कार्यकारी बोर्डको अध्यक्षमा सोमनाथ घिमीरे उपाध्यक्षमा सुवर्ण लामा रहेका छन । त्यस्तै छिरीगं राप्के लामा महासचिव र दावा शेर्पा कोषाध्यक्षमा चुनिएका छन । कार्यसमितिमा प्रेम पैडेल, रामचन्द्र अधिकारी, सुर्य सिंखडा, रेखा श्रेष्ठ, राजेश आचायर्, प्रेम क्षेत्री अधिकारी, ध्रुव कुँवर क्षेत्री, सोना शेर्पा र चुन्डी शेर्पा रहेका छन । च्याप्टरको कानुनी सल्लाहकारमा गिरीजा गौतम रहेका छन । 
नवगठीत कार्यसमितिको वैठकले फाउण्डेसनको पहलमा गरिएको कोभीड भ्याक्सिन अभियानलाई अझ प्रभावकारी बनाउन महासचिव छिरीगं राप्के लामाको संयोजकत्वमा ५ सदस्यीय भ्याक्सीन टास्कफोर्स समिति गठन गरीएको छ । सदस्य रामचन्द्र अधिकारीलाई फाउन्डेशनको प्रवक्ता तोकिएको छ । न्युयोर्कका सरकारी एवं गैरसरकारी संघ–संस्थाहरु र विभिन्न समुदायसँग समन्वयका लागि उपाध्यक्ष सुवर्ण लामाको संयोजनमा ५ सदस्यीय उपसमिति गठन गरिएको छ । गिरिजा प्रसाद कोईराला फाउण्डेशन पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजा प्रसाद कोईरालाको नाममा स्थापित संस्था हो । जसको केन्द्रिय अध्यक्ष कोइरालाकी सुपुत्री एवं नेपाली कांग्रेसकी प्रभावशाली नेतृ, पुर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोईराला रहेकी छिन । गिरिजा प्रसाद कोईराला फाउण्डेशन अमेरिका च्याप्टरको तदर्थ समिती जनवरी २०१९ मा गठन भएको थियो ।