मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकामा जोन्सन एण्ड जोन्सनको खोप स्थगित

अमेरिकामा जोन्सन एण्ड जोन्सनको खोप स्थगित

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- कोरोना भाइरसविरुद्धको जोन्सन जोन्सनको खोपलाई अमेरिकी सरकारले तत्कालका लागि स्थगित गरेको छ । अमेरिकी संघीय सरकार अन्तर्गतको सिडीसी र खाद्य तथा औषधि प्रशासन केन्द्र एफडीएले खोपको असरका बारेमा थप अध्ययन गर्नुपर्ने भन्दै तत्काल खोप नलगाउन आदेश दिएको हो ।

जोन्सन एण्ड जोन्सनको खोप लगाएका ६ जना व्यक्तिमा रगत जम्ने जस्तो समस्या देखिएको बताइएको छ। खोप लगाएका सबै ६ जना महिला भएको र उनीहरुको उमेर १८ देखि ४८ को विचमा रहेको समाचारहरुमा जनाइएको छ । जस मध्ये भर्जिनीयामा एकजनाको मृत्यु भएको छ भने नेब्रास्काकी एक महिलालाई अस्पतालमा भर्ना गरिएको छ ।  

 
अमेरिकामा ७० लाख भन्दा धेरै जनाले जोन्सन एण्ड जोन्सनको खोप लगाइ सकेका छन । त्यसैगरी एक करोड डोज खोप तयारी अवस्थामा पठाइएको  सिडिसीले जनाएको छ । एफडीएका निर्देशक पीटर माक्सले सावधानी अपनाउनका लागि र केही अनुसन्धानका लागि जोन्सन एण्ड जोन्सनको खोप अभियान स्थगित गरिएको जनाएका छन । यद्यपि उनले खोपको असर निकै न्युन देखिएको बताएका छन । 
 
अमेरिकामा अहिले फाइजर बायोन्टेक, मोर्डना र जोन्सन एण्ड जोन्सनको खोपले आकस्मिक अनुमति प्राप्त गरेका छन । आगामी मे एक सम्म सबै अमेरिकीहरुलाई खोप लगाउने राष्ट्रपति बाइडेनको लक्ष्यमा भने जोन्सन एण्ड जोन्सनको खोप स्थगनले असर पुर्याउन सक्ने आंकलन गरिएको छ । त्यसैगरी अष्ट्रा जेनेका र अक्सफोर्ड विश्वविद्यालयले उत्पादन गरेको कोभिसिल्ड खोपलाई पनि मान्यता दिनेबारेमा छलफल भइरहेको बुझिएको छ । तर सो खोपमा पनि रगत जम्ने समस्याका कारण धेरै देशहरुले स्थगित गरेका छन ।