मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अस्टिनमा नेपाली रमेश थापालाई गोली चलाई हत्या गर्ने अभियुक्त पक्राउ

अस्टिनमा नेपाली रमेश थापालाई गोली चलाई हत्या गर्ने अभियुक्त पक्राउ

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अस्टिन (टेक्सास)- टेक्सास अस्टिनमा अप्रिल ६ मा कामवाट फर्किएका नेपाली रमेश थापालाई गोली हान्न अभियुक्त पक्राउ परेका छन् । ग्यांस स्टेशनमा काम गरेर अपार्टमेण्टमा फर्किएका पोखरा घर भई अस्टिन बस्ने रमेशलाई उक्त व्यक्तिले गोली प्रहार गरेको आरोपमा अस्टिन प्रहरीले पक्राउ गरेको हो । यसवाट रमेशको घटनास्थलमै मृत्यु भएको थियो । 
 
टेक्सास राज्यको फरार अभियुक्त पक्राउ गर्ने टाक्स फोर्सले उक्त आरोपमा २३ बर्षिय फ्रान्कोईस ओ निललाई वुधवार सांझ अस्टिनवाटै समातेको जनाएको छ । उनी अर्को गोलि काण्ड सम्वन्धि अपराधमा पनि संलग्न भएको प्रहरीले जनाएको छ । 
 
प्रहरीका अनुसार रमेश थापालाई गोली प्रहार गर्नु अघिल्लो दिन उनले अस्टिनमा एक जनालाई गोली प्रहार गरेर घाइते वनाई भागेका थिए । प्रहरीले ओ निलको फोटो पनि सार्वजनिक गरेको छ । 
 
प्र्रहरीले अप्रिल ६ को कन्कर्ड अपार्टमेण्टमा रमेशलाई राती साढे १२ बजे गोली  चलाई हत्या गर्ने पनि ओ निलनै भएको वताएको छ । 
 
प्रहरीका अनुसार रमेश थापा अपार्टमण्टको पाकिर्ग लटमा आफ्नो गाडीसंगै गोलीवाट घाइते अवस्थामा लडिरहेको भेटिएका थिए । हत्याराले गाडीवाट समान झिक्न पछाडीको ढोका खोलेको वेला रमेशलाई गोली हानेको हुन सक्ने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटना स्थलमा  पुग्दा गाडीको पछाडीको ढोका खुला थियो र घरायसी खानपानका ग्रसरी समान भुईंमा छरिएका थिए । गोली प्रहारका वेला कारमा रमेश एक्लै थिए । हत्याराले थापालाई ६ वटा गोली चलाएको भेटिएको थियो । त्यसले गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । अघिल्लो दिनको गालीको कार्टिजसंग हत्याराले रमेशलाई चलाएको गोलीको कार्टिज मिलेको प्रहरीले जनाएको छ । 
 
किन रमेशलाई गोली प्रहार गरे खुलेको छैन । रमेश काम सकेर  निस्केका वेला हत्याराले पछ्याउंदै गएकाले गोली चलाउने कारण लुटपाट वा अन्य दुस्मनी पनि हुन सक्ने अनुमान पनि गरिएको छ । प्रहरीले यसवारेमा पनि अनुसन्धान भईरहेको जनाएको छ । 
 
प्रहरीले सडकका क्यामरा अनुसन्धान गर्दा हत्याराले उनलाई सेतो किया गाडीवाट पछ्याउंदै आएको देखिएको छ । रमेशको कार अपार्टमेण्ट कम्लेम्समा भित्र पसेर रोकिए लगत्तै हत्याराले गोली चलाएको थियो । उक्त गाडी ओ निलकै नाममा रजिष्ट्रार छ । घटना लगत्तै प्रहरीले हत्याराको खोजविन शुरु गरेको थियो । 
 
यस अघि ओ निलले आफ्नै साथीलाई ५ राउण्ड गोली प्रहार गरेको आरोपपनि प्रहरीले लगाएको छ । 
 
यी विभिन्न अपराधमा संलग्न ओ निलाई स्थानिय ट्राभिस काउण्टी जेलमा पठाईएको छ । बाहिर निस्कन उनीसंग १० लाख अमेरिकी डलरको बोण्ड मागिएको छ । 
 
करिव ४० बर्षका नेपाली युवा रमेशको शव नेपाल पठाउन सहयोग संकलन गरिएको छ । सहयोगको लागि यहाँ थिच्नुहोला।