मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

जिपीके फाउण्डेसनको पहलमा न्युयोर्कका झण्डै दुई सय ८० नेपालीलाई खोप

जिपीके फाउण्डेसनको पहलमा न्युयोर्कका झण्डै दुई सय ८० नेपालीलाई खोप

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हिमालय खबर, न्युयोर्क- गिरिजा प्रसाद कोइराला फाउण्डेसन अमेरिकाको विशेष पहलमा न्युयोर्कका नेपालीलाई कोरोना भाइरस विरुद्धको खोप लगाउने कार्य शुरु भएको छ । खोप अभियानको पहिलो दिन अप्रिल ३ गते शनिवार दुई सय ७९ जनाले खोप लगाएका छन । खोप लगाउनेरु अधिकांश नेपालीहरु रहेको फाउण्डेसनका अध्यक्ष सोमनाथ घिमिरेले बताएका छन । 
 
न्युयोर्कको जमैकास्थित क्वीन्स अस्पतालमा जिपीके फाउण्डेसनको पहलमा भएको खोप अभियानको लागि अस्पतालले बेग्लै डेस्कको व्यवस्था गरेको फाउण्डेसनका अध्यक्ष घिमिरेले बताए । अमेरिकामा रहेका कुनै पनि संघसंस्थाले यसरी धेरै नेपालीलाई खोप सेवा प्रदान गरेको पहिलो पटक भएको दावीपनि घिमिरेको छ । 
 
फाउण्डेसनको अभियानमा न्युयोर्कको शेर्पा किदुग र घ्याल्सुम्दो सेवा संस्था लगायतका संघसस्थालेपनि महत्वपुर्ण भुमिका खेलेका थिए । फाउण्डेसनले फारम वितरण गरी नामावली संकलन गरी अस्पतालमा बुझाएको थियो र सोही आधारमा खोप लगाइएको थियो । 
सो कार्यका लागि उपाध्यक्ष सुवर्ण लामा, संस्थाका महासचिव छिरिङ्ग राप्के लामा तथा कार्यसमितीका सदस्यहरु रामचन्द्र अधिकारी, ध्रुव कुवँर क्षेत्री, प्रेम अधिकारी क्षेत्री, राजेश आचार्य, विजय थुलुङ्ग, समाजसेवी रमेश दर्नाल, कलाकार एंव लेखक पुष्कर बराल, वरिष्ठ लोक दोहोरी गायक विमल डांगी लगायतको विशेष भूमिका रहेको थियो ।

 

फाउण्डेसनको पहलमा क्वीन्स अस्पताल जमैकाका समुदाय बोर्ड सल्लाहकार समितीका अध्यक्ष एंव क्वीन्स डेमोक्र्याटीक डिस्ट्रीक्ट लिडर डाक्टर ऐन्थोनि ऐन्ड्रीयु जुनियरले विशेष सहयोग गरेका थिए । 
 
फाउण्डेसन यो महिना भरी नै साप्ताहिक रुपमा खोप अभियान जारी राख्ने जनाएको छ । संकलन गरी बुझाएको फारमको आधारमा अप्रिल १०, १७ र २४ तारिखमा दिउसो एक बजेदेखि ५ बजेसम्म खोप लगाइने जनाइएको छ । 
 
खोप लगाउन चाहनेहरुले फाउण्डेसनको वा शेर्पा किदुगको कार्यालयबाट फारम प्राप्त गर्न सक्नेछन । सो फारक बुधबारसम्म भरेर बुझाउनुपर्नेछ । खोप लगाइने स्थान क्विन्स् अस्पताल जमैका, ८२–६८, १६४ स्ट्रीट न्युयोर्क ११४३२ रहेको र खोपको लागि फारम भरेकाहरुले तोकिएको मिति र समयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।