मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

ड्यालास काउण्टीमा भुलवस आठ वर्षको बच्चालाई पनि कोभिड भ्याक्सिन

ड्यालास काउण्टीमा भुलवस आठ वर्षको बच्चालाई पनि कोभिड भ्याक्सिन

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका-  टेक्ससको ड्यालास  काउण्टी अन्तर्गतको ग्र्याण्ड पेरीस्थित एक कोभिड-भ्याक्सिन लगाइने केन्द्रमा आठ वर्षको बालकलाई समेत भुलवस भ्याक्सिन लगाइएको थाहा हुन आएको छ। अमेरिकामा १६ बर्ष भन्दा माथिकालाई मात्र हाल भ्याक्सिन लगाउन पाइने व्यवस्था अमेरिकी सरकारले गरेको भएपनि धेरै जनाको दर्ता सूचीबाट एक जना आठ वर्षको बच्चालाई समेत भ्याक्सिन दिइएको पाइएको हो।
 
ड्यालास काउण्टी जज क्ले जेनका अनुसार भ्याक्सिनका लागि आएका माग दर्ताको व्यवस्थापन गर्ने कम्पनीले सावधानीपूर्वक दर्ता लिष्ट नहेरेकाले त्यस्तो गल्ती भएको स्वीकार गरेका छन्। आइन्दा त्यस्तो गल्ति नदोहऱ्याउन उक्त कम्पनीलाई सचेत गरिएको जज क्ले जेनले स्थानीय संचार माध्यमहरुलाई जानकारी गराएका छन्।
 
ड्यालास  काउण्टी मेडिकल सोसाइटीकी अध्यक्ष वेथ कासनफ-पाइपरका अनुसार अहिले भ्याक्सिन निर्माता कम्पनीहरुले साना बालबालिकाहरुमा समेत भ्याक्सिनको परीक्षण अनुसन्धान गरिरहेको र त्यसको नतिजा साकारात्मक आइरहेको बताएकीछन्। 
 
फाइजरले १२ वर्ष मुनिका बालबालिकाहरुमा समेत भ्याक्सिनको प्रभावकारिता परीक्षण गरिरहेको छ। परीक्षणहरुबाट पहिल्यै नै १२-१५ बर्षका बालबालिकाहरुमा भ्याक्सिनले सतप्रतिशत काम गरेको पाइएको छ भने मेडोर्नाले छ महिना देखि ११ वर्षको बालबालिकाहरुमा भ्याक्सिनको परीक्षण गरिरहेको छ। यसैगरी जन्सन एण्ड जन्सनले १२ देखि १७ वर्षका बालबालिकाहरुमा गरिरहेको पपीक्षणको नतिजा सकारात्मक आइरहेको पाइएको छ।
 
‘तर अहिले नै ग्राण्ड पेरीमा आठ वर्षीय बालकलाई भुलवस दिइएको भ्याक्सिनको बारेमा यकिनका साथ केही भनिहाल्न मिल्ने अवस्था छैन’, डा. वेथले भनिन्। पर्याप्त क्लिनिकल ट्रायलहरुको नतिजा पुष्टि नभइकन अहिल्यै नै साना बालबालिकाहरुलाई हाल चल्तिमा रहेका भ्याक्सिन दिइहाल्नु हतार हुने डा. वेथको तर्क छ।