मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका, फिप्नाले निशुल्क खाद्यान्न वितरण गर्ने

नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका, फिप्नाले निशुल्क खाद्यान्न वितरण गर्ने


शेयर गर्नुहोस:

999
Shares

  • change font
  • change font
  • change font

न्युयोर्क(अमेरिका)- नेपाल आदिवासी जनजाति महासंघ फिप्ना अमेरिकाद्वारा न्युयोर्कमा निशुल्क खाद्यान्न वितरण गर्ने भएको छ । खाद्यान्न वितरण कोरोना महामारी जारी रहेसम्म गरिने फिप्नाका अध्यक्ष लोक चेम्जोङले जनाएका छन ।  

खाद्यान्न वितरण हरेक आइतबार साँझ ५ बजेसम्म गरिनेछ । फिप्नाका अनुसार खाद्यान्न वितरण 40-08 76th street Elmhurst 11373 NY मा गरिने जनाइएको छ । फिप्नाले आफ्नो अस्थाई कार्यालयमा मतदाता नामावली संकलन तथा कोभिड भ्याक्सीनको लागि अपोइन्टमेन्ट बनाउने कार्यमापनि सहयोग गरिने जनाएको छ । सो सेवा दिउसो १२ बजे देखि साँझ ६ बजेसम्म प्रदान गरिने जनाइएको छ । फिप्नाले आफ्ना सदस्य संस्थाहरुसंगको सहकार्यमा सो सेवा दिन लागेको अध्यक्ष चेम्जोङले जानकारी दिए । 

नेपाल आदिवासी जनजाति महासंघ फिप्नाले न्युयोर्कमा कोरोना महामारी बढ्न थालेपछि गतबर्ष देखिनै खाद्यान्न तथा  अत्यावस्यक सामग्रीहरु वितरण गर्दै आएको छ ।   
 

शेयर गर्नुहोस:

999
Shares