मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

ह्युस्टनमा रक्तदान

ह्युस्टनमा रक्तदान

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ह्युस्टन, टेक्सस- नेप्लिज एशोसिएसन अफ ह्युस्टन (एनएएच) को आयोजना र गल्फकोष्ट रिजनल ब्लड सेन्टर, ह्युस्टनको सहयोगमा हिजो श्री पशुपतिनाथ मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कोरोना महामारीको प्रभाव केही घटिरहेको बेला सम्पन्न रक्तदान कार्यक्रममा ह्युस्टनका २७ जना नेपालीहरुले रक्तदान गरेका थिए। एनएएचकी रक्तदान कार्यक्रम संयोजक मेनुका कार्कीका अनुसार रक्तदानका लागि इच्छुक अन्य सात जनाले भने विभिन्न कारणले रक्तदान गर्न सकेनन्।

एनएएचका पदाधिकारीहरु सहित पशुपति मन्दिरमा आएका अन्य नेपाली तथा ह्युस्टनका स्थानीयहरुले समेत रक्तदान गरेको संयोजक कार्कीले हिमालय खबरलाई बताइन्।

हिजोको रक्तदान कार्यक्रममा नेपाली मन्दिरका मु्ख्य पुजारी गुरु दिलिप शास्रीजीको समेत सहभागिता रहेको थियो। पहिलो पटक रक्तदान गरेका शास्त्रीजीलाई शुरुमा केही असहज महशुस भएपनि ‘रक्तदान-जीवन दान’ भन्ने भावनाका कारण आफूले रक्तदानमा सहभागिता जनाएको बताए।

रक्तदान कार्यक्रमको समापन पश्चात संयोजक मेनुका कार्कीले आफ्नै अग्रसरतमा मन्दिर परिसरमा राखिएको नेपाली टिसर्ट एवं हस्तकलाका सामग्रीहरुको बिक्रीबाट संकलित एकसय डलर एनएएचका अध्यक्ष डा. विष्णु नेपाललाई हस्तान्तरण गरेकी थिइन्। रक्तदाता एवं मन्दिर मै आयोजित एनआरएनए अमेरिकाको चुनावका लागि उम्मेदवारी घोषणा कार्क्रमका सहभागीहरुले सो सामग्रीहरु किनेको संयोदक कार्कीले जानकारी गराइन्।