मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

पौडेलको चुनावी घरदैलो अभियान

पौडेलको चुनावी घरदैलो अभियान

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

युलेस (टेक्सस) – टेक्ससको युलेस सिटी काउन्सिल सदस्यमा उम्मेदवार भएका टीका पौडेलको घरदैलो अभियान सुरु भएको छ । 
 
शनिबार युलेसमा आयोजना भएको छलफल कार्यक्रम पछि अप्रिल महिनाभरि घरदैलो र व्यापक प्रचार प्रसार गर्ने निर्णय भएको छ । चुनावी प्रचार प्रसारका लागि बिभिन्न व्यक्तिहरुलाई टोल, प्रिन्सिटीनको जिम्मेवारी दिइएको टीका पौडेल जिताउ अभियानका अभियन्ता तथा नेपाली समाज टेक्ससका अध्यक्ष दिनेश शर्माले जानकारी दिए । 
 
युलेस सिटी काउन्सिलको प्लेस–६ को काउन्सिल मेम्बरमा उम्मेदवारी दिएका पौडेललाई डेमोक्रेट र रिपब्लकन दुबै पार्टीका नेताहरुले सहयोगको वचन दिएका छन् । समुदायलाई समस्या पर्दा ‘किचन टू क्यापिटल’ सम्म सहयोग गर्दै आएका पौडेल होम ओनर्स एसोसोसिएसनको अध्यक्ष पनि हुन् । 
 
शनिबारको भेलामा सहभागीहरुले समुदायका सदस्यहरु भोटर्स लिस्टमा दर्ता गर्नका लागि अझै सकृयताका साथ अघि बढ्ने र आफ्ना एजेण्डाहरु व्यापक रुपमा लिएर सिटीका मतदातासम्म पुग्ने निर्णय पनि गरेको छ । 
 
पौडेलले सिटीको पूर्वाधारलाई अझै आधुनिक बनाउने, पार्कलाई सुविधायुक्त बनाउने, साना व्यबसायलाई प्राथमिकता, युलेसमा ठूला कर्पोरेट बिजनेसलाई आकर्षित गर्ने, प्रपर्टी ट्याक्स घटाउने, सार्वजनिक यातायात सुरु गर्ने एजेण्डा अघि बढाएका छन् । 
 
पौडेललाई जिताउनका लागि डेमोक्रेटिक पार्टीका नेताहरु चुनावी अभियानमा समेत सरिक भएका छन् । युलेस सिटी काउन्सिल लगायत स्कुल बोर्ड, टेरेन्ट काउन्टी कलेज बोर्ड अफ ट्रस्टी र सिटी काउन्सिलको स्थान ५ र ६ का सदस्यका लागि मे १ तारिकमा चुनाव हुन लागेको हो ।
 
मतदाताले अप्रिल १९ देखि २७ सम्म अर्ली भोट दिन पनि पाउनेछन् । अप्रिल २८ सम्म मतदात गर्न नभ्याउनेले भने मे १ मा चुनावकै दिन पनि मतदान गर्न पाउनेछन् । 
 
युलेस टेक्ससको ड्यालस–फोर्टवर्थ मेट्रोप्लेक्समा पर्ने सिटी हो । डिएफडब्लु इन्टरनेसनल एअरपोर्टसँगै जोडिएको युलेस मुख्यतया आवासीय सिटी हो । टेक्ससको अन्य सिटीको दाँजोमा युलेसमा नेपाली समुदायको घनत्व निकै बढी छ ।